Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

किरात राई विद्यार्थी संघ उपत्यका कार्य समितिकाे ‘यलेलाम’ लोर्कापण


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १९ २०७७
  • 8.1K
    SHARES

ललितपुर,/  किरात राई विद्यार्थी संघ उपत्यका कार्य समितिले ‘यलेलाम’ प्रकाशन गरेको छ । शनिबार किरात राई यायोक्खा केन्द्रिय कार्यलय, कोटेश्वरमा आयोजित कार्यक्रम मार्फत ‘यलेलाम’ लोर्कापण गरिएको हो ।

किरात राई यायोक्खाका अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यतामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य युवा नेता अजम्बर काङमाङ राई,  त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान, केन्द्रीय विभागमा प्राध्यापक डा. तारामणि राई, किरात राई विद्यार्थी संघका अध्यक्ष जितेन राई, किरावि संघका सल्लाहकार तथा पूर्व महासचिव डेकेन्द्र कुमार राई, राष्ट्रिय खेलकुद परिषद्क, राष्ट्रिय टिम तयारीको निर्देशक महेन्द्र कुमार राई लगायतको उपस्थितिमा ‘यलेलाम’ लोकार्पण गरिएको हो ।

‘यलेलाम’मा किरात समुदयकाे मात्रै नभएर गैरकिरात पूर्वदेखि पश्चिमसम्मका सबै विषेश पहिचानयुक्त स्तम्भहरू समेटिएकाले याे एउटा राम्राे पुस्तक भएकाे यायोक्खाका अध्यक्ष दिवस राईले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘पहिचाहनको क्षेत्रमा राष्ट्रिय रुपमा किरात समुदयकाे मात्रै नभएर गैरकिरात पूर्वदेखि पश्चिमसम्मका सबै विषेश पहिचानयुक्त स्तम्भहरू लेखिएका छन्, जसले गर्दा ‘यलेलाम’ एउटा  राम्राे पुस्तक बनेकाे छ ।’

पछिल्लो समय इतिहास लेखन, इतिहासको खोजी र त्यसको अभिलेखिकरणमा पर्याप्त ध्यान नपुगेकाे बेला किरावि संघ उपत्यका कार्य समितिले ‘यलेलाम’ प्रकाशन गर्नु भनेकाे एउटा ठूलाे काेसेढुंगा भएकाे युवा नेता काङमाङले बताउनुभयाे । ‘किरातीहरुले आफ्नो मान्यजनहरूको मृत्यु हुँदा चौतारमा आफ्नो वंश मृत्युको कार्य लेख्दछ, त्यो नामेट हुन्छ । तर पछिल्लो कालखण्डमा इतिहास लेखन, इतिहासको खोजी र त्यसको अभिलेखिकरणमा हाम्रो पर्याप्त ध्यान पुग्न सकेको छैन,’ उहाँले भन्नुभयाे, ‘उपत्यका कार्य समितिले आज ‘यलेलाम’ विमाेचन गरेकाे छ, याे एउटा ठूलाे काेसेढुंगा हाे ।’

प्राध्यापक डा. तारामणि राईले ‘यलेलाम’ प्रकाशन कागजात हिसाबले महत्वपूर्ण काम भएकाे बताउनुभयाे । ‘याे डकुमेन्डटेसनकाे हिसाबले महत्वपूर्ण काम भएकाे छ,  जति पनि मैखिक कुराहरूलाई अबकाे समयमा डकुमेन्डटेसन गर्नुपर्छ, किन भने खाली याे किताब लेख्ने, छाप्ने कुरा मात्रै छैन । जति गतिविधिहरू हामीले गर्छाैँ, डकुमेन्डटेसन गरेनाैं भने त्यसकाे सार्थकता रहदैन ।’

उपत्यका कार्य समिति अध्यक्ष तथा कार्यक्रमका सभापति सुभमनासुङ राईले ‘यलेलाम’मा किरात समुदयकाे मात्रै नभएर गैरकिरातकाे पनि महत्वपूर्ण विषयबस्तुहरू समेटिएकाे बताउनुभयाे । ‘यहाँ किरात समुदयकाे मात्रै नभएर गैरकिरातकाे पनि महत्वपूर्ण चिजहरु समेटिएको छ,’ उहाँले भन्नुभयाे, ‘पश्चिमको गैर पर्व, खसहरूले मान्ने मस्टो पूजा, खेल, साहित्य, मनाेरञ्जन, संघर्ष र संगठनको अन्तिरिक गतिविधि सबै समेटिएका छाैँ ।’

अध्यक्ष सुभमनासुङ राईले ‘यलेलाम’का लागि लेख, रचना, विचार उपलब्ध गाइदिने सम्पूर्ण लेखकहरूप्रति आभार पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४