Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन्दीपले लिए पूर्व क्लब मेलवर्न स्टार्सको २ विकेट


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १८ २०७७
  • 5.5K
    SHARES

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबार्टको डेब्यू खेलमै २ विकेट लिएका छन् । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल)मा शनिबार होबार्टले मेलवर्न स्टार्सलाई २१ रनले पराजित गर्दा सन्दीपले २ विकेट लिएका हुन् ।

उनले पूर्व क्लब मेलबर्नका हिल्टन कार्टराइट र बेन डंकको विकेट लिएका हुन् ।४ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिएका थिए ।

होबार्टको जितमा डेविड मालान र स्कट बोलाण्डले उत्कृष्ट प्रदर्शन गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको होबार्टले मालानको ७५ रन मद्दतमा ६ विकेट गुमाएर १६४ रन बनायो । जवाफमा स्टार्सले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले ७० रन बनाएपनि हार टार्न सकेनन् ।

होबार्टका लागि बलिङमा बोल्याण्डले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सन्दीप र नाथन एलिसले समान २-२ विकेट लिए ।

जितपछि ७ खेलबाट १८ अंक जोड्दै होबार्ट दोस्रो स्थानमा उक्लिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४