आन्दोलनका सहभागीहरूले ‘सावधान जनता, सार्वभौमसत्ता भयो दमन, घरघर आउँदैछ प्रतिगमन’, ‘खै मेरो संविधान?’, ‘संसद विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘इतिहासको पाठ हो, प्रतिगमन टिक्दैन’, ‘प्रधानमन्त्री ओलीको शान, सार्वभौम जनताको अपमान’ र ‘सर्वोच्च अदालत सावधान, जोगाएर राख तिम्रो मान’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
नागरिक आन्दोलनले गत हप्तादेखि शंख, नौमती, डम्फु, च्याब्रुङ सहित प्रदर्शन गरेको थियो । केही दिनमै दोस्रो चरणको आन्दोलन घोषणा गरिने लेखक युग पाठकले जानकारी दिए ।





