Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“नवराज विकका बा–आमा न्याय माग्दै काठमाडौंमा”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १८ २०७७
  • 6.4K
    SHARES

काठमाडौं । रुकुम पश्चिमको चौरजहारीबाट लखेटीलखेटी हत्या गरिएका नवराज विक र उनका अन्य पाँच साथीका आमा–बाबु न्याय खोज्दै काठमाडौं आएका छन् ।

जाजरबोटबाट बसमा २४ घण्टाको यात्रा गरेर मृतक नवराज विकका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीका आमा भूमिकुमारी, गणेश बुढा मगरका बाबा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी र सञ्जु विकका आमा सविता पहिलो पटक काठमाडौं आइपुगेका हुन् ।

गएको  १० जेठ जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले मल्ल थरकी युवती सुष्मालाई बिहे गर्न रुकुम पश्चिमको सोती पुग्दा गाउँलेले लखेटेर ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए । शवहरु भेरी नदीमा भेटिएका थिए । उक्त घटनामा पक्राउ परेका ३४ मध्ये जिल्ला अदालत रुकुम पश्चिम र उच्च अदालत सुर्खेतले नवराजकी प्रेमीका र आमासहित छ जनालाई छोडिसकेको छ । उच्च अदालतले थप ६ जनालाई छोड्ने विषयमा तीन न्यायाधीशबीच राय बाझिएपछि उक्त मुद्दा सर्वोच्च अदालतमा आइपुगेको छ ।

हत्याको घटनामा संलग्नलाई एकपछि अर्को गर्दै रिहा गर्न थालेको भन्दै न्यायको गुहार माग्न काठमाडौं आइपुगेको नवराजकी आमा उर्मिलाले बताइन् । विहीबार साँझ काठमाडौं आएका उनीहरुले शुक्रबार विहान माइतीघरमा प्रदर्शनसमेत गरेका थिए । मृतकका अभिभावकले रुँदै आफूहरुलाई न्याय दिनका लागि बिलौना गरेका थिए ।

नवराजका बुवा मुनलालले भने, ‘के हामीले पनि उनीहरुलाई गएर मारौँ अनि धरौटीमा निस्कौँ ? त्यस्तो गर्न मिल्छ ?’ मृतक परिवारका अभिभावकले सबै जना आफ्नो पक्षमा लडिरहेकाले न्यायको आशा चाहिँ बाँकी रहेको बताए ।

  • सर्वोच्चमा प्रतिवादीको निवेदन

थुनामा रहेका १७ जना प्रतिवादीले आफूलाई रिहाइ गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । आफूहरुलाई रिहाइ गरेर कानुनी कारवाही अगाडि बढाइयोस् भन्दै सर्वोच्चमा निवेदन परेको हो ।

उच्च अदालतमा बाझिएको मतको विषयमा शुक्रबारलाई पेसी तोकिए पनि प्रतिवादीको निवदनको विषयमा पनि सँगै सुनुवाइ हुने सर्वोच्चले बताएपछि बहस सरेको अधिवक्ता त्रिलोकचन्द्र विश्वास विकेले बताए । थुनामा रहेका अन्य ११ जनाका निवेदन पनि आइसकेपछि बहस हुने सर्वोच्चलाई उदृत गर्दै विकेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४