Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

के हो क्यानले नियुक्त गरेको क्रिकेट म्यानेजरको काम ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १८ २०७७
  • 5.1K
    SHARES

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नियुक्त गरेका क्रिकेट म्यानेजर जनरल म्यानेजर र फाइनान्स म्यानेजरले २०२१ जनवरी १ देखि ओपचारिक रुपमा काम सुरु गरेका छन् ।

डिसेम्बर १५ मा नियुक्त भएका क्रिकेट म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल र फाइनान्स म्यानेजर रमेश कुमार न्यौपानेले शुक्रबारदेखि कार्यलय पुगेर औपचारिक रुपमा काम सुरु गरेका छन् ।

क्यानले अष्ट्रेलियन विश्वकप विजेता डेव वाटमोरलाई पनि जनवरी १ देखि नै लागु हुनेगरी मुख्य प्रशिक्षक पदमा नियुक्त गरेको छ । क्यान सचिव अशोकनाथ प्याकुरेलले प्रशिक्षक नियुक्त भएपछि वाटमोर जनवरी पहिलो साताको अन्तिमसम्म नेपाल आइपुग्ने बताएका थिए ।यस्तै खेलाडीहरु उनको आगमनले उत्साहित बनेका छन् । वाटमोर बाहेक क्यानले नियुक्त गरेको अर्का चर्चित पात्र हुन् राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दास । दासले सन् २००० को दशकमा यू-१९ देखि सिनियर टिमसम्मको कप्तानी गरेका थिए ।

यस्तै उनले प्रशिक्षकको रुपमा यू-१९ पुरुष टिम र महिला सिनियर टिमको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । यस्तै एभरेष्ट प्रिमियर लिगमा समेत उनले काम गरिसकेका छन् । पछिल्लो समय नेपाल क्रिकेटको विकास र राष्ट्रिय टिममा सुधार गर्नुपर्ने धेरै विषयका बारेमा दासले खुलेर बोल्दै आएका थिए । नेपाली क्रिकेटलाई दुई दशकदेखि नजिकबाट नियालेका दास क्यानको क्रिकेट म्यानेजरकै लागि उपयुक्त पात्र भएकोमा कुनै शंका छैन ।

खेलाडीको रुपमा सफल रहेका दासले अब मैदान बाहिर रहेर नेपाली क्रिकेटको विकासमा कसरी भूमिका खेल्छन् त्यो हेर्न बाँकी छ । सम्भवत उनको करियरको यो तेस्रो इनिङ्सको रुपमा समेत अघि आएको छ । यसअघि उनले पहिला खेलाडी त्यसपछि प्रशिक्षकको रुपमा आफ्नो क्षमता र दक्षता देखाइसकेका छन् ।

अब क्रिकेट म्यानेजरको रुपमा नेपाली क्रिकेटको समग्र विकासको पाटो हेर्नुपर्ने उनको मुख्य जिम्मेवारी हो । जसमा ग्रासरुट लेभलदेखि राष्ट्रिय टिमसम्मको क्रिकेट पर्दछ ।

  • खासमा के हो त क्रिकेट म्यानेजरको काम ?

धेरै जसो देशमा क्रिकेट विकास गर्न योजना बनाउने डेभलपमेन्ट म्यानेजर राखिएको हुन्छ । नेपालमा पनि डेभलपमेन्ट म्यानेजर वा क्रिकेट डिरेक्टर राख्ने भन्ने कुरा भइरहेको थियो । तर नेपाल क्रिकेट संघ (क्यान) अहिले पनि आइसीसीको निलम्बनबाट पूर्णरुपमा उम्किनसकेकाले अहिलेका लागि क्रिकेट म्यानेजर पद राखिएको हो ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले पहिला क्रिकेट डिरेक्टर वा डेभपलपमेन्ट म्यानेजर बनाउने कुरा चलेपनि पछि क्रिकेट म्यानेजरको पद बनाइएको बताए । जसमा काम समग्र क्रिकेट विकास हेर्ने नै हुन्छ ।

चन्दका अनुसार क्रिकेट म्यानेजरको काम पनि डेभलपमेन्ट म्यानेजरको जस्तै हुनेछ । ‘क्रिकेट म्यानेजरको काम राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरको प्रोग्रामहरु सेट गर्ने हो,’ चन्दले अनलाइनखबरसँग भने, ‘हामीसँग प्रशासनिक काम हेर्न जनरल म्यानेजर र बर्थिक पाटो हेर्न फाइनान्स म्यानेजर छन् । क्रिकेट म्यानेजरको काम क्रिकेट भित्र पर्ने सबै कुराको प्लानिङ गर्ने हो । समग्र क्रिकेटको म्यानेजमेन्ट पाटो हेर्ने हो ।’

यस्तै चन्दले ग्रासरुट लेभलदेखि जुनियर र सिनियर लेभलसम्मको लागि प्रोग्रामहरु सेट गर्ने काम पनि क्रिकेट म्यानेजरको हुने बताए । ‘जुनियर लेभलदेखि नेपाली टिमको प्रोग्राम सेटअप गर्ने । प्रापोजल बनाएर त्यसलाई इम्पलेमिन्ट गर्ने । डेभलपमेन्ट म्याजेरको रुपमा गर्नुपर्ने सबै काम गर्ने हो,’ चन्दले भने, ‘उदाहरणका लागि भोलि एउटा कुनै टिम बोलाएर सिरिज गर्ने कि भन्ने छ भने त्यसको तयारी गर्ने । प्रपोजल बनाउने लगायत काम गर्ने हो ।’

एक लाइनमा भन्नुपर्दा नेपाली क्रिकेटको ओभरअल डेभलपमेन्टको पाटो हेर्ने काम क्रिकेट म्यानेजरको हो । यस्तै अन्तर्राष्ट्रिय सिरिज भएका बेला प्राविधिक पाटाहरु हुन्छन् । त्यसमा क्रिकेट कमिटी र टेक्निकल कमिटीसँग समन्वय गर्ने काम क्रिकेट म्यानेजरको हुनेछ ।

क्यानले उपाध्यक्ष राजेश बाबु श्रेष्ठको संयोजकत्वमा क्रिकेट कमिटी समेत बनाएको छ । तर त्यस कमिटीमा सदस्यहरु भने नियुक्त हुन बाँकी छ ।

यस्तै क्यानले संजयराज सिंहको संयोजकत्वमा ५ सदस्यीय टेक्निकल कमिटी बनाएको छ । जसमा विरेन्द्रबहादुर चन्द, अमितबीर पाण्डे, अरुण कुमार अर्याल र सन्जय गुरुङ सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४