Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति देशको साझा बन्न सक्नु भएन : रावल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १७ २०७७
  • 4.1K
    SHARES

 डोटी / नेकपा प्रचण्ड-माधव समूहका नेता भिम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको संरक्षक बन्न नसकेको बताएका छन् ।

प्रचण्ड–माधव समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई शुक्रबार सम्बोधन गर्दै नेता रावलले राष्ट्रपति देशको साझा बन्न नसकेको बताएका हुन्  । ‘राष्ट्रपति संविधानको संरक्षक हुन सक्नु पर्ने थियो, संविधानको भावनाअनुसार काम गर्न सक्नु पर्ने थियो,’ रावलले भने, ‘तर राष्ट्रपति कुनै गुटको वा पक्षको जस्तो मात्रै देखिनु भयो ।’ आफैंले फिर्ता लिएको अध्यादेश फेरि प्रमाणित गर्दा एक पटक सोच्नु पर्नेमा उनले प्रधानमन्त्रीले जे भन्यो त्यही गरेको उनको भनाइ थियो ।

राष्ट्रपतिले संविधानमा के लेखेको छ भन्ने कुरा एक पटक अध्ययन गर्नु पर्ने उनको भनाइ थियो । आफू नेकपा विवादको प्रत्यक्ष साक्षी रहेको भन्दै उनले ‘प्रधानमन्त्री ओलीले आफूलाई पार्टीबाट असहयोग भएको भनेर आरोप लगाउनुमा कुनै तुक नभएको बताए। प्रदेश सदस्यहरुलाई निर्देशन दिँदै रावलले भने, ‘अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपा नै आधिकारिक पार्टी हो, ढुक्क भएर संगठन विस्तारमा लाग्नुहोस् ।’

नेता रावलले केन्द्रीय कमिटीका चार सय ३४ सदस्यमध्ये आफूहरुसँग तीन सय १५ सदस्य रहेको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४