Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा विघटन दुःखद् : शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १७ २०७७
  • 6.6K
    SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रियसभा दलका नेता दीनानाथ शर्माले पार्टीको किचलोका कारण प्रतिनिधिसभा विघटन हुनु दुःखद् भएको बताएका छन् ।

शुक्रबारदेखि सुरु भएको राष्ट्रियसभा, हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै शर्माले दलभित्रको द्वन्द्वको असर जनप्रतिनिधिमूलक संस्थामा पर्नु राम्रो नहुने बताए । ‘अहिलेको सन्दर्भमा जे भयो त्यो राम्रो भएन’ उनले भने, ‘प्रतिपक्षले समस्या उत्पन्न गरेर विघटन हुनुपरेको होइन । हाम्रो किचलोका कारणले जननिर्वाचित प्रतिनिधिसंसथा विघटन हुनगयो, यो दुःखको विषय हो ।’

सत्तारुढ पार्टी नेकपा विभाजन नजिक पुगेको र यो आफ्नो राजनीतिक इतिहासको अहिलेसम्मको दुःखद् अनुभव भएको बताए । ‘पार्टी एकता भएर नेकपा बन्दा म सबैभन्दा बढी खुसी थिएँ । हामी सबै खुसी थियौं । नेपाली जनता खुसी थिए’ दलका नेता शर्माले भने, ‘अहिले पार्टी विभाजनको संघारमा आउँदा मेरो मुटु फुटेको अनुभव भएको छ । यसले मलाई धेरै पीडा भएको छ ।’

सिद्धान्त, विचार र दर्शनका आधारमा नभई राजनीतिक कारणले पार्टी फुटको संघारमा पुगेको भन्दै उनले जोड्ने कुनै रसायन भए प्रयास गर्न पनि आग्रह गरेका छन् । नेकपा नेता वामदेव गौतम अहिले कुनै पक्षमा पनि नरहेको र पार्टी जोड्न काम गर्छु भनेको भन्दै उनले भने, ‘अहिले पनि एक ठाउँमा हुनसक्ने केही सम्भावना छन्, जोड्ने केही रसायन छ भने जोड्न प्रयास गरौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४