Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती प्रदेशसभाको अधिवेशन माघ ७ गते बोलाउन सिफारिस


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १७ २०७७
  • 3.6K
    SHARES

 हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस गरेको छ ।

शुक्रबार हेटौंडामा बसेको बागमती प्रदेश मन्त्रिपरिषदको वैठकले प्रदेश प्रमुखलाई प्रदेश सभाको वैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । गत साउन ८ गते स्थगित वर्षे अधिवेशन स्थगित भएपछि हिउँदे प्रदेशसभाको बैठब बसेको छैन । सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवादको प्रभाव प्रदेश तहमा देखापरेसँगै सरकार अप्ठेरोमा परेका बेला प्रदेशसभाको अधिवेशन सिफारिस गरिएको हो ।

केही दिनअघि नेकपाको प्रचण्ड-माधव समूहले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभा सचिवालयमा  अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

बैठकले राप्ती नगरपालिका चितवनलाई लिजमा जमिन दिने, प्रदेश भ्रमण खर्च नियमावली २०७७ स्वीकृत गर्ने र प्रदेश पर्यटन विकास सम्बन्धमा छलफल गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय पनि गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४