Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५२२५ परीक्षणमा ४२६ जनामा कोरोना संक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १७ २०७७
  • 2.9K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२२५ जनामा गरिएको परीक्षणमा २७३ पुरुष र १५३ महिला गरी ४२६ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७४८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार १०७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ६०४८ रहेको छ ।

कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८६४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १३४, ललितपुरमा १८ र भक्तपुरमा १५ जना संक्रमित भेटिएका छन् । त्यस्तै कैलालीमा २९, कास्कीमा २६, बाँकेमा २३, दाङमा १९, झापामा १६, चितवनमा १३, रुपन्देहीमा १२, रसुवा र कञ्चनपुरा ११/११ र मोरङमा १० जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४