Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद विघटनसम्बन्धी रिटमा एमिकस क्युरीका रुपमा बारले छान्यो ३ वरिष्ठ अधिवक्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १६ २०७७
  • 4K
    SHARES

काठमाडौं । संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतलाई राय दिन नेपाल बार एशोसिएसनले ३ जना कानुनविद चयन गरेको छ ।

बिहीबार बसेको बारको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीलाई एमिकस क्युरीको रुपमा चयन गरेको हो । बारका महासचिव लीलामणि पौडेलले सर्वोच्च अदालतले माग गरेअनुसार एमिकस क्युरीको रुपमा ३ जनाको नाम पठाइएको बताए ।

संसद विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले यो विषयमा राय दिन नेपाल बार एशोसिएशनसँग ३ जना कानुनविद् एमिकस क्युरीको रुपमा माग गरेको थियो ।
कुनै महत्वपूर्ण विषयमा अदालतलाई सहयोग गर्ने गरी चयन भएका सम्बन्धित विषयका विज्ञलाई एमिकस क्युरी भनिन्छ । एमिकस क्युरीका लागि चयन भएका विज्ञले संविधान, कानुन र आफ्नो विवेक अनुसार अदालतलाई तटस्थ राय दिनेछन् ।

सर्वोच्च अदालतको उक्त इजलासले संसद विघटनविरुद्ध सर्वोच्च अदालत बार एशोसिएसनसँग पनि २ जना एमिकस क्युरी माग गरेको थियो । तर सर्वोच्च बारले भने एमिकस क्युरीका लागि नाम पठाएको छैन । आइतबारसम्म नाम सिफारिस गर्ने तयारी रहेको सर्वोच्च बारका सचिव सुभनराज आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४