Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश २ का प्रचण्ड निकट २ जना सांसद ओली समूहमा !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १६ २०७७
  • 8.4K
    SHARES

जनकपुरधाम । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट २ जना प्रदेश सांसद नेकपा विभाजनपछि केपी शर्मा ओली समूहमा लागेका छन् ।

प्रचण्डकै विश्वासिलो पात्र मानिएका नेकपाका अध्यक्ष प्रभू साहले अप्रत्यासितरुपमासाथ छाडेर ओलीतिर लाग्दै मन्त्री पद पाएका छन् । प्रभु साह ओलीतिर लागेको केही दिनमै साह निकट अन्य २ जना सांसद पनि ओली समूहमा लागेका हुन् ।

ओली समूहले बीरगंजमा आयोजना गरेको प्रदेश भेलामा निकट रहेका प्रदेश सांसद रामचन्द्र मण्डल र ज्वाला कुमारी साह पुगेर भाषण गरे ।

‘नेकपाले आयोजना गरेको भेलामा सहभागिता जनाएकी छु,’ बाराको क्षेत्र नम्बर ३ (क) बाट तत्कालीन नेकपा माओवादीबाट निर्वाचित ज्वाला साहले भनिन्,’ प्रचण्डजीलाई धेरै सुझाव दिएकी थिएँ । तर, उहाँले एउटा पनि सुझावको पालना गर्नुभएन् । त्यहीँ भएर केपी ओलीजीतर्फ आएकी छु ।’

उनीसँगै ओली समूहको भेलामा देखापरेका तत्कालीन माओवादीका सांसद रामचन्द्र मण्डलले पनि प्रचण्ड सत्ता स्वार्थमा रुमलिएकाले ओलीतिर लागेको प्रतिकृया दिए ।
उनले तत्कालीन माओवादीका अन्य सांसदहरु पनि ओली समूहमै आउने दाबी गरे । र, त्यसका लागि छलफल भैरहेको ज्वाला र मण्डलले बताएका छन् ।

अब के होला समीकरण ?

प्रदेश २ मा तत्कालीन नेकपा एमालेका २१ र तत्कालीन माओवादीका ११ जना गरी प्रदेश सभामा नेकपाका ३२ सांसद छन् । यो सिट लिएर नेकपा प्रदेशको प्रमुख प्रतिपक्ष छ ।

तर नेकपा विभाजन भएसँगै प्रदेश सांसद ओहोरदोहोर गर्ने क्रम जारी छ । सांसद ज्वाला सिंहले भने झैं ६ जना सांसद केपी ओलीतिर जाँदा ओली समूहको सांसदको संख्या १९ पुग्नेछ ।

प्रचण्ड-माधव समूहको सांसदको संख्या १३ हुनेछ । यद्यपि नेताहरुले अझै ओहोरदोहोर गर्ने क्रम जारी भएकोले अहिले नै प्रदेश २ को समीकरण अनुमान गर्न सकिँदैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४