Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

किन रोकियो प्रचण्ड–माधव समूहको आन्दोलन घोषणा ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १५ २०७७
  • 6.5K
    SHARES

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले बुधबार स्थायी कमिटी बैठक राखेर संसद विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ ।

बैठकका लागि नेताहरु पार्टी कार्यालय पेरिसडाँडामा पुगेका थिए भने अपराह्न ३ बजे पत्रकार सम्मेलन गर्ने भनिएको थियो । तर न बैठक बस्यो, न पत्रकार सम्मेलन भयो ।

संसद विघटनको विरोधमा रहेको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलहरुसँग छलफल गर्नुपर्ने भएकाले तत्काल कार्यक्रम सार्वजनिक नगरिएको नेताहरुले बताएका छन् । स्थायी कमिटी सदस्य एवं संघर्ष समितिका सहसंयोजक योगेश भट्टराई भन्छन्, ‘भोलि र पर्सि अरु दलहरुसँग पनि छलफल गर्छौं, त्यसपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं ।’

संसद विघटनलाई असंवैधानिक भनेको कांग्रेसमा आन्दोलनबारे अलमल देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षले अझै पनि पर्ख र हेरको अवस्थामा देखिन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आन्दोलनमा जोड दिएको छ । आन्दोलन गर्नुपर्छ भन्नेहरुमा पनि कांग्रेस एकल रुपमा जाने कि प्रचण्ड–माधव समूह लगायतसँग मिलेर जाने भन्नेमा बहस छ ।

जनता समाजवादी पार्टी (जसपा)ले पनि एकल रुपमा आन्दोलनको घोषणा गरेको छ । जसपा नेताहरुका अनुसार नेकपा दुई खेमामा विभाजित भएपनि औपचारिक रुपमा पार्टी नफुटेकाले आन्दोलनमा सहकार्य गर्न गाह्रो भएको बताउँछन् । एक नेता भन्छन्, ‘नेकपासँग मिलेर नेकपाविरुद्ध कसरी आन्दोलन गर्ने ?’

यद्यपि प्रचण्ड माधव समूहका नेताहरुले अझैसम्म सहकार्य हुनसक्छ कि भन्ने आश गरेको देखिन्छ ।

नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको केन्द्रीय संघर्ष समितिले मंगलबार देशभर भएको प्रदर्शनको समीक्षा गरेको छ । प्रदर्शन उत्साहजनक भएको नेताहरुको निष्कर्ष छ । तर प्रदर्शनका क्रममा एकाध ठाउँमा संघर्ष समितिले तोकेको भन्दा फरक नारा लगाउनु कमजोरी भएको नेताहरुले स्वीकार गरेका छन् ।

समितिले मंगलबार नै दोस्रो चरणको कार्यक्रमबारे जनवर्गीय संगठनहरुसँग राय लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४