Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड-माधव पक्षको पत्राचारपछि नेकपाको सबै बैंक खाता रोक्का हुने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १५ २०७७
  • 6.5K
    SHARES

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का हुने भएको छ । आन्तरिक विवादपछि विभाजनको औपचारिक घोषणामात्रै हुन बाँकी रहेको नेकपाको विवाद समाधान नहुञ्जेलसम्म जुनजुन बैंकमा खाता रहेका छन्, ति सबै बैंक खाता रोक्का हुने भएको हो ।

निर्वाचन आयोगको निर्णय नआउञ्जेलसम्म दुबै पक्षले खाता सञ्चालन गर्न नपाउने गरी रोक्का हुने राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । पार्टीभित्र बिवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै तत्काल खाताहरु रोक्का गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले हस्ताक्षर गरेर बैंकहरुलाई पत्राचार गरेका थिए ।यो पनि पढ्नुहोस      नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड–माधव समूहको पत्राचार

विवाद भएको लिखित पत्र नै आएपछि विवाद समाधान नहुञ्जेलसम्म रोक्का गर्ने प्रचलन रहेका कारण अबदेखि उक्त खाता रोक्का हुने ति अधिकारीले बताए । ‘हामीलाई कार्यालय सकिने बेलामा मात्रै जानकारी आयो, सबै बैंकहरुमा लिखित पत्र आएको रहेछ’ ति अधिकारीले भने, ‘विवाद भएपछि खाता सञ्चालन हुन सक्दैन, अब निर्वाचन आयोग वा अदालतको निर्णय कुर्नैपर्ने हुन्छ ।’

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि खाता रोक्का हुने बताए । कुनैपनि कम्पनी वा संस्थामा बिवाद भएको र खाता रोक्का गर्न आग्रह भए रोक्का गर्नै प्रचलन रहेको भन्दै नेकपाको हकमा पनि त्यहिँ हुने उनले बताए ।

‘राजनीतिक दलको पहिलो भए पनि यस्तो बिवाद बैंकहरुमा पहिले पनि आइराख्ने गरेका छन् यो नयाँ कुरा होइन’ अध्यक्ष दाहालले भने, ‘अदालतमा मुद्दा भए हामी अदालतको निर्णय कुर्नु पर्ने हुन्छ तर यहाँ निर्वाचन आयोगको निर्णय कुर्नु पर्ने होला ।’

उनले यस विषयमा राष्ट्र बैंकलाई जानकारी भने गराइने उनले बताए । तर, राष्ट्र बैंकले पनि खाता रोक्का गर्नु पर्छ भन्ने नै निर्णय दिने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४