Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हाल बसोबास गर्ने ठेगाना उल्लेख गरेर मात्र स्वाब संकलन गर्न सरकारको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १५ २०७७
  • 8.6K
    SHARES

काठमाडौं । सरकारले कोभिड–१९ परीक्षणका लागि स्वाब संकलन गर्दा हाल बसोबास गरेको ठेगाना राखेर मात्र फर्म भर्न निर्देशन दिएको छ । बुधबार बसेको सचिवस्तरीय बैठकले हाल बसोबास गर्ने ठेगाना उल्लेख गरेर मात्र स्वाब संकलन गर्न निर्देशन दिएको हो ।

हाल बसोबास गरेको ठेगाना उल्लेख नगर्दा कोरोना संक्रमण पुष्टि भएकाहरूको खोजी अनुसन्धान र स्थान विशेष पहिचान गरी गर्नुपर्ने कामहरू गर्न समस्या आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

यसअघि पनि पटक–पटक अनुरोध गरे पनि अटेर गरेको भन्दै मन्त्रालयले अबदेखि एकरूपता नभएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ । बैठकको निर्णयपछि सबै प्रयोगशालालाई पठाइएको पत्रमा भनिएको छ, ‘नमूना संकलनकै समयमा सम्बन्धित व्यक्तिको हालको बसोबासको ठेगाना नै उल्लेख गरिदिनुहुन र यसमा अन्यथा भई कुनै समस्या वा उजूरीहरू पर्न आएमा नियमानुसार कारबाही समेत हुने सचिवस्तरको २०७७/९/१५ को निर्णयानुसार अनुरोध गरिन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४