Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कालापानी बासीको सपना पूरा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १५ २०७७
  • 7.1K
    SHARES

खोटाङ । जिल्लाका कालापानीवासीको पानी पिउने सपना लामो समयपछि पूरा भएको छ । एक गाग्री पानी लिन तीन घण्टा हिडेर जानु पर्ने बाध्यता झेल्दै आएका कालापानीवासी गाउँमै पानी आएपछि हर्षित भएका छन् ।

चर्को घाम । गलाभरी माला र अनुहारभरी अबिरले राताम्मे भएको यो माहौलले कुनै उत्सवको झझल्को गराउँछ । तर, खोटाङको कालापानीमा देखिएको यस्तो दृश्यको कथा बेग्लै छ । सुक्खा डाँडोमा पानी झर्दा कसको पो मन नरमाउला र ? हो पानीकै अभावका कारण वसाइसराइ गर्न बाध्य भएका लिच्कीराम्चे स्थित यो सुकौरे डाँडाका कालापानीवासी गाउँमै सुनकोसीको पानी झरेपछि हर्षित भएका छन् । खानेपानीकै अभावका कारण यहाँका १ सय २० घरधुरी मध्ये ६० घरधुरी बसाइ सरीसकेका छन् ।

लिफ्टीङ प्रणाली मार्फत सुनकोसीको रसुवाघाटबाट १८ सय मिटरमाथि रहेको यो गाउँमा पाँच वर्षको पर्खाइपछि पानी निकालिएपछि स्थानीयवासी खुशी भएका हुन् । सुक्खा ठाउँमा सुनकोशीको पानी आउला र खाउला भन्ने कसैलाई पत्यार लागेको थिएन । तर, आँखै अगाडी पानीको धारमा पानी खसेको देख्दा उनीहरूलाई सपना झैँ लागेको छ ।

नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालयको अनुदान तथा उपभोक्ताको ३६ लाख रुपैयाँ बराबरको श्रमदान गरी करिब १ करोड ८० लाख रुपैयाँमा रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम सम्पन्न भएको हो । पिउने पानीको चरम अभावमा मरुभूमि जस्तै बनेको सुकौरे डाडोमा तीब्र बसाईसराई भएको थियो । त्यसलाई रोक्न कालापानीमा सुरु गरिएको रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम पूरा भएसँगै नदीको पानी गाउँमा तानिएको हो ।

सुनकोशीको पानी आएपछि कालापानीका ६२ घरधुरीले अब बसाई नसर्ने अठोट लिएका छन् । गाउँ र नदीको बीचमा निर्माण गरिएको पहिलो र दोश्रो सप्लाई ट्यांकी हुँदै सबैभन्दा माथि निर्माण गरिएको मूल ट्यांकीमा नदीको पानी निकालेर ९७ वटा धारामार्फत ५ सयभन्दा बढी उपभोक्तालाई पानी वितरण गरिने भएको छ ।

गाउँमा पानी आएपछि सुक्खा बारीमा फलफूल र तरकारी खेती गर्ने स्थानीयको सोच छ । कालापानीमा खानेपानीको समस्या हल गर्न नदीको पानी निकाल्नु वा बस्ती सार्नु पर्ने अवस्था देखिएपछि रसुवाघाट–कालापानी पम्पिङ आयोजनाको काम अघि बढाइएको थियो । जुन आयोजनाले मूर्त रूप लिँदा कालापानीबासीको सपना पनि पूरा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४