Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भाषा, धर्म, संस्कृति, भेषभूषा लगायतका विविधता हाम्रा बहुमूल्य पूँजी हुन् : प्रधानमन्त्री ओली


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १५ २०७७
  • 6.6K
    SHARES

काठमाडौं, /  प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ) सुमदायमा शुभकामना व्यक्त गर्नुभएकाे छ । एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षकोरुपमा मनाइने ल्होसार पर्वका अवसरमा सुस्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले भाषा, धर्म, संस्कृति, भेषभूषा लगायतका विविधता बहुमूल्य पूँजी भएकाे बताउनुभएकाे छ । ‘हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । यहाँ बहुसांस्कृतिक विशेषताहरु मौलिक पूँजीको रुपमा रहेका छन् । हाम्रा प्रचलित भाषा, धर्म, संस्कृति, भेषभूषा लगायतका विविधता हाम्रा बहुमूल्य पूँजी हुन्’ जारी सन्देशमा भनिएकाे छ, ‘एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ ।’

यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान भएकाे पनि बताउनुभएकाे छ । ‘विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् । नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ,’ जारी सन्देशमा भनिएकाे छ ।

प्रधानमन्त्रीले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियान सुरु गरेको स्मरण गर्दै यो अभियानलाई सफल पार्न तमु समुदायले पूर्णरुपमा सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ । ‘न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो,’ जारी सन्देशमा भनिएकाे छ, ‘यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४