Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हुन थाल्यो ‘फोर्स लोडसेडिङ’, प्राधिकरणका हाकिम भन्छन् : विगतमा पनि हुन्थ्यो !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १४ २०७७
  • 4.7K
    SHARES

शाक्य भन्छन्-समस्या पर्दा प्राविधिक लाइन काट्न डराए

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार साँझ ६ बजेपछि आधा घण्टा विद्युत आपूर्ति अवरुद्ध भयो । धेरैलाई लाग्यो, पछिल्लो समय जस्तै प्राविधिक समस्याले विद्युत आपूर्ति अवरुद्ध भएको होला ।

नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार अन्य दिन जसरी लाइन गएको थिएन, यो ‘फोर्स लोडसेडिङ’ थियो । विगतमा लाइन जाँदा प्राधिकरणले प्राविधिक समस्या मात्रै भएको र मागअनुसार आपूर्ति गर्न बिजुलीको परिमाणअनुसार समस्या नरहेको बताउने गरेको थियो । तर, अहिले भने प्राधिकरण मागअनुसार आपूर्ति गर्न नसक्दा विगतमा पनि कुनै-कुनै क्षत्रेमा ‘फोर्स लोडसेडिङ’ गर्ने गरिएको दावी गर्दै यसलाई समान्य परिघटना भएको बताउन थालेको छ ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार सोमबार साँझ १४५७ मेगावाट बिजुलीको माग प्रणालीमा आयो । त्यहीबेला प्राविधिक कारणले मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको एउटा युनिट बन्द भइदियो, जसले प्रणालीमा ३० मेगावाट बिजुली  घट्यो । माग उच्च रहेकै बेला आपूर्ति पनि कम भएपछि काठमाडौंमा भारतबाट आउने बिजुली ल्याइने खम्ति-लामोसाँघु प्रसारणलाइन ट्रिप भयो । लगत्तै ढल्केबर जनकपुर लाइन पनि प्रणालीबाट बाहिरियो । त्यही कारण उपत्यकाका अधिकांश क्षेत्रमा एकैपटक विद्युत आपूर्ति रोकियो । सोमबार प्रणालीमा मागअनुसार विद्युत आपूर्ति नभएकै कारण लाइन काट्नुपरेको शाक्यले जन न्युज नेपाल खबरलाइ  बताए । प्राधिकरणका अनुसार कतिपय क्षेत्रमा स्थानीय ट्रान्सर्फमर र लाइनले माग नधान्दा पनि लाइन काटिने गरेको छ । तर सोमबारको घटनाले प्राणालीमा माग बढेको बेला कुनै पनि बेला प्राधिकरणले ‘फोर्स लोडसेडिङ’ गर्नुपर्ने अवस्था आएको देखाएको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य पनि त्यसलाई सहजै स्वीकार गर्छन् । विगतमा लोड धान्न नसक्दा विभिन्न क्षेत्रमा पालैपालो लाइन काट्ने गरिएको दाबी गर्दै उनले भने, ‘विगतका वर्षहरुमा पनि आपूर्तिभन्दा बढी माग हुँदा एउटा क्षेत्रमा १०/२० मिनेट काटेर अन्य क्षेत्रमा बिजुली दिइन्थ्यो । यसपटक प्राविधिक साथीहरु आलोचनाको डरले लाइन काट्न हिच्किचाउनुभयो ।’

उनका अनुसार गत वर्षको तुलनामा विद्युतको माग बढेको छ । गतवर्ष पुस १३ गते १४०७ मेगावाटको पिक डिमान्ड रहेको थियो । सोमबार १४५७ मेगावाट पुगेको छ । माग बढ्दा मंगलबार साँझ पनि पाटन र बानेश्वरमा लाइन काट्नु परेको भन्दै उनले बेला-बेला फोर्स लोडसेडिङ हुने गरेको संकेत गरे ।

उनका अनुसार बानेश्वर क्षेत्रमा धेरै माग आउँदा अब  सबस्कोटेसन लोड आधा-आधा भाग लाग्ने गरी ‘बससेयर’ गर्ने तयारी छ । त्यसो भएमा माग धान्न नसक्ने अवस्था आए एउटा क्षेत्रको लाइन काटिनेछ । त्यसबाहेक एउटा फिडरमा समस्या आउँदा अर्को सबस्टेसनबाट पनि लाइन लिन सकिने गरी प्रणाली व्यवस्थापन गर्ने शाक्यले बताए ।

उनका अनुसार अहिले काठमाडौं उपत्यकामा ४०० मेगावाटको हाराहारीमा माग छ ।

विद्युत भारप्रेषण केन्द्रको तथ्यांक भने शाक्यको भन्दा फरक छ । भारप्रेषण केन्द्रका अनुसार गत वर्ष यही बेला ४२४ मेगावाटसम्म बिजुलीको माग पुग्थ्यो भने अहिले ३७४ मेगावाटको हाराहारीमा मात्रै काठमाडौंमा पिक (उच्च) माग छ । यो वर्ष कोरोना महामारीले धेरै ठूला होटल र रात्री व्यवसायहरु नखुलेकाले उपत्यकामा गतवर्षभन्दा कम विद्युत माग रहेको भएको केन्द्रका एक अधिकारी बताउँछन् ।

भारप्रेषण केन्द्रका अनुसार गत वर्ष पुस १३ मा देशभर १३२६ मेगावाटको पिक लोड थियो, यो वर्ष बढेर १४३४ मेगावाट पुगेको छ । त्यसमध्ये धेरै बिजुली खपत काठमाडौं उपत्यकामा हुन्छ ।

काठमाडौंमा माग घटेका बेला प्रणालीमा समस्या आउनु र माग धान्न नसक्ने परिस्थिति बन्नुलाई प्राधिकरणकै अधिकारीहरुले नै व्यवस्थापकीय कमजोरी भन्ने गरेका छन् । उनीहरुका अनुसार पछिल्ला दिनमा चुहावट पनि बढेको छ, जसले दिनहुँ फोर्स लोडसेडिङ गर्नुपर्ने अवस्थामा प्राधिकरण पुगेको छ ।

गत वर्ष र यसवर्षको बिजुलीको माग र आपूर्तिको तुलना

गत वर्ष (पुस १३)    यो वर्ष(पुस १३)    
कुल बिजुली माग १३२६ मेगावाट १४३४ मेगावाट
काठमाडौंको अधिकतम्  माग ४४३ मेगावाट ३७७ मेगावाट
काठमाडौंको न्युनतम्  माग १५४ मेगावाट ९६ मेगावाट
प्राधिकरणका आयोजनाको उत्पादन ४९१ मेगावाट ५१० मेगावाट
निजी आयोजनाका उत्पादन ३०३ मेगावाट ३०९ मेगावाट
भारतबाट आयात ४९८ मेगावाट ६३४ मेगावाट
कुल खपत      २३,५९८ मेगावाट आवर     २५,२६० मेगावाट आवर   

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४