Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सूर्य चिन्ह र पार्टी हाम्रो हो, ११९९ केन्द्रीय सदस्य बजारमा छ्यापछ्याप्ती : सुरेन्द्र पाण्डे


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १४ २०७७
  • 5.8K
    SHARES

पोखरा, १४ पुस । नेकपा कास्की माधव प्रचण्ड समुहले आज सरकार बिरोधी कार्यक्रमको आयोजना गरेको थियो । पोखराको चिप्लेढुङा बाट शुरु भएको र्याली पोखराको मुख्य चोक महेन्द्रपुल हुँदै पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भएको थियो । बिरोध सभामा नेकपाका नेता तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको संसद बिघटनको कदम गलत भएको बताएका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले केपी ओलीको अहिलेको कदम नै नेपालको कम्युनिष्ट आन्दोलनको लागी घातक भएकोे बताए । आफुहरुको यो आन्दोलन नेताको लागी नभई जनताको लागी भएकाले जनता सडकमा उत्रीने बेला आएको जिकीर गरेका छन ।

लोकतन्त्र धरापमापारिन लागेको भन्दै सांसद पाण्डेले अब जनता सडकमा नउत्रीने हो भने यो ब्यवस्था नै धरापमा पर्न सक्ने संकेत पनि गरेको छन । प्रमको यो कदमलाई असफल पार्न जनतालाई आन्दोलनमा उत्रीन आब्हान गरेका छन ।

चुच्चे नक्सा भारताका प्रतिनिधि आउँदा हटाउने र अन्य बेला चुच्चे नक्सा देखाउने प्रधानमन्त्रीको शैली गलत भएको जिकिर गरे । चुच्चे नक्साको बिषयमा राष्ट्रियता देखाएका प्रधानमन्त्रीले दुई थरिका नक्सा लिएर हिडेको बताए । चिन र भारतको इशारामा हिड्ने काम बन्द गर्न पनि पाण्डेले प्रम ओलीलाई आग्रह गरेका छन ।

कोरोना पिडितले उपचार नपाएको बेला चुनावमा बजेट छुट्याउन पर्ने बनाउने केपी ओली के जनतावादी नेता हुन त ? पाण्डले प्रश्न गरे । सूर्य चिन्ह आफुहरुको पक्षमा रहने भन्दै नेता पाण्डेले बहुमतको बैठक नराखि केपी ओलीले सुर्य चिन्ह आफ्नो हो भन्ने दाबी गर्नु गलत भएको बताएका छन । २५ प्रतिशत सांसद लिएर सुर्य चिन्ह र पार्टि आफ्नो हो भन्नु प्रमको दुर्भाग्य भएको बताए ।

नेकपा ओली समुहले बनाएको केन्द्रीय सदस्यहरु प्रति इ)कित गर्दै नेता पाण्डेले बजारमा केन्द्रीय सदस्य छ्यापछ्याप्ती भएको र ओलीले बनाएको ११९९ संख्याको केन्द्रीय सदस्यको भोलीको दिनमा स्थान के ? प्रश्न गरेका छन ।

नेकपा भित्रको बिवाद चुलिएको बेला प्रधानमन्त्री केपी को संसद बिघटनको कदम गलत रहेको भन्दै पार्टि बिभाजन तर्फ उन्मुख भएको बेला बिभाजित दुई समुहले आ आफ्नै तरिकाले बिरोध तथा सर्मथनका कार्यक्रमको आयोजना गर्दै आइरहेका छन ।

आज भएको बिरोधकार्यक्रममा नेकपाका प्रचण्ड माधव नेपाल पक्षले सरकारको कदमको बिरोध गर्दै नारावाजी तथा जुलुस निकालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४