Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपचार खर्च तिर्न नसक्दा एक मजदुर अस्पतालमै बन्धक, उनका नेता सडक आन्दोलनमा !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १४ २०७७
  • 4.5K
    SHARES

गुल्मी, १४ पुष । जनताले अत्याधिक मत दिएर विश्वास गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जसलाई सर्वहारा मजदुरका नेता र पार्टी भनेर चिनिन्छ । सोही पार्टी दुई समूहमा विभाजन भई कोही सत्तामा त कोही सडक आन्दोलनमा छन् ।

यस्तो अवस्थामा दुर्घटनामा घाइते भएका एक जना मजदुर उपचार खर्च तिर्न नसकेर अस्पतालमै बन्धक बनेका छन् । गुल्मीमा केही दिनअघि अटो दुर्घटनामा परेका रेसुंगा नगरपालिका–२ का १६ बर्षीय सुनिल विक पाल्पाको प्रभास अस्पतालमा पैसा तिर्न नसकेपछि बन्धक बनेका हुन् ।

उनले तम्घासका ब्यबसायी पृतम क्षेत्रीको नेटमा तारजाली बिच्छाउने काम गर्थे । दिनभर काम गरेर उनी साँझ फर्कने बेला रेसुंगा नगरपालिका १३ मा पुष ३ गते दुर्घटनामा परेका थिए ।

गम्भीर घाइते भएका उनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास पु¥याइएको थियो । उपचारपछि अस्पतालले विकलाई आइतबार डिस्चार्ज गरेको थियो । तर, उपचार गरेको तीन लाख १५ हजार रुपैयाँ तिर्ने क्षमता विक परिवारको नहुदा अस्पतालले डिस्चार्ज गरेपनि घर आउने अवस्था छैन ।

उपचार खर्च नतिरेसम्म अस्पतालले निकस्न नदिएको बुबा सहबिर बिकले गुनासो गरे । उपचार खर्च बुझाउन नसकेर अस्पतालकै बन्दक बन्ने भएपछि विकले जिल्लामा सहयोगको लागि सबै पक्षसँग याचना गरिरहेका छन् ।

‘मेरो घरमा खाने चामल पनि छैन, घाइते छोरा अस्पतालमा बन्दक बन्यो’, उनले भने, ‘निमुखा बाँचेर काम रहेनछ ।’ बिरामीलाई मंलबार बिहानसम्म ननिकाले दैनिक बेडको १५ सय चार्ज लाग्ने अस्पतालले आफुहरुलाई जानकारी दिएको उनले बताए ।

काम गरेर फर्कदै गरेका विक दुर्घटनामा परेर अस्पतालमै अलपत्र परेपछि सोमबारदेखि जिल्लामा मजदुरहरुले सहयोग संकलन गरिरहेका छन् । निर्माण मजदुर हकहित संरक्षण समिति नेतृत्वमा २७ हजार ५ सय संकलन गरेर परिवारलाई प्रदान गरिएको समितिका सल्लाहकार भुवन रानाले जानकारी दिए ।

‘मजदुरको सरकार पदको लागि गुटगत लडाइँमा छन्,’उनले भने, ‘काम गरेर खाने मजदुर दुर्घटनामा परेर उपचार गर्दा पैसा तिर्न नसकेपछि बन्दक बन्नुपर्ने कस्तो बिडम्बना ! ।’ घाइते सुनिलका बुवा सहविर रेसुङ्गा माबिकाका सुरक्षा गार्ड हुन् ।

उनलाई बिद्यालयमा प्रधानध्यापक प्रेमनारायण भण्डारीले बिद्यालयमा उठाएर ५४ हजार ५ सय हजार पठाएका छन् । घाइते बिकले काम गर्ने कम्पनीका व्यावस्थापक पृतम क्षेत्रीको सोमबार ३५ हजार पठाएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पाल्पा र अस्पतालसंग समन्वय भइरहेकाले केही उपाय नभए मंगलबार सरोकारवालासंग सहयोेग जुटाएर भएपनि उद्दार गर्ने बताइन् ।

अटो दुर्घटनामा चालक रेसुंगा नगरपालिका १२ का ३० बर्षीय तेजबहादुर राना र रेसुंगा नगरपालिका २ का १७ बर्षीय सुरज विकको मृत्यु भएको थियो, भने रेसुङ्गा नगरपालिका १२ का १७ बर्षीय रमेश खत्री, रेसुङ्गा नगरपालिका २ का १६ बर्षीय रोशन परियार र १७ बर्षीय सुनील विक घाइते भएका थिए ।

गुल्मी दरबार गाउँपालिकाको गैँडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४