Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड-माधव पक्षसँग सरकारमा सहकार्य गर्छौं : बालकृष्ण खाँण


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १४ २०७७
  • 4.6K
    SHARES

प्रधानमन्त्रीले वैशाखमा चुनाव गर्दैनन्’

 बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले नेकपाको केपी ओली समूहभन्दा प्रचण्ड-नेपाल समूहसँग सहकार्य गर्ने बताएका छन् ।

संसद पुनस्र्थापना भएपछि ओली पक्षसँगभन्दा पुस्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षसँग सरकारमा सहकार्य गर्न सकिने उनले बताए ।

प्रेस युनिय रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले भने, ‘संसद विघटनलाई असंवैधानिक भन्ने पक्षसँग नै हाम्रो सहकार्य हुन्छ ।’

पत्रकार सम्मेलनमा खाँणले प्रधानमन्त्री ओली सर्वसत्तावाद र अधिनायकवादको यात्रामा लागेकाले चुनाव नगराउने दाबी गरे । ‘वैशाखमा चुनाव गर्ने प्रधानमन्त्रीको मानसिकता छैन,’ खाँणले भने, ‘चुनाव बहानामात्र हो, सर्वसत्तावाद र अधिनायकवाद लाद्न नपाएपछि प्रतिनिधि सभा विघटन गर्नेले किन चुनाव गराउँछन् ?’

प्रधानमन्त्री ओलीले कारोना वा अन्य कुनै कारण देखाएर संकटकाल लगाउन सक्ने खाँणले औंल्याए । प्रधानमन्त्री भएदेखि नै ओलीमा एकाधिकारवादी र निरंकुश ब्यवहार देखिएको भन्दै खाँणले प्रेस, मानव अधिकार, राष्ट्रिय सुरक्षा, व्यक्तिगत गोपनीयतालगायतका विषयमा अंकुश र नियन्त्रण गर्ने गरी विभिन्न विधेयक ल्याउनुको पछाडि प्रधानमन्त्री ओलीको अधिनायकवादी चिन्तनले काम गरेको खाँणले प्रष्ट पारे ।

संसद विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक प्रस्तावलाई राष्ट्रपतिले विचारै नगरी स्वीकृत गर्नु विवादास्पद र अराजनीतिक काम भएको खांणले टिप्पणी गरे । ‘प्रधानमन्त्री ओली आफै संविधान तोडफोड गर्दै अस्थिरता निम्त्याउनु दुर्भाग्यपूर्ण हो,’ खाँणले भने ।

औषधि खरिदलगायतका काममा भएको भ्रष्टाचारको विषयको संसदमा उठ्ने र त्यसको जवाफ दिन नसक्ने अवस्था देखेर प्रधानमन्त्रीले संसद अधिवेशन पनि एकतर्फीरुपमा अन्त्य गरेको खांणले स्मरण गरे । ‘सरकारले गरेका ठूला-ठूला भ्रष्टाचार लुकाउन संसद नखुल्दै विघटन गरियो,’ खाँणले भने ।

प्रतिनिधि सभा विघटन गरिएको विष्यामा अदालतमा मुद्दा परेकाले अदालतलाई प्रभाव नपरोस् भनेर कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको भन्दै उनले पुनस्र्थापना हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४