Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘राष्ट्रपतिज्यू, संसद भंग गरेको निर्णय जतिसक्यो छिटो फिर्ता लिनोस्’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १४ २०७७
  • 6.9K
    SHARES

  • कानूनअनुसार अझै दुई वर्ष नेकपा फुटाउन नमिल्ने गौतमको जिकिर

काठमाडौं । नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले संसद भंग गरिएको निर्णय जतिसक्यो छिटो फिर्ता लिन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् ।

पार्टी विभाजन हुँदा कुनै पनि समूहमा नलागी तटस्थ बसेका नेता गौतमले संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयको भने खुलेर विरोध गरेका छन् ।

अब राष्ट्रपतिले जतिसक्यो छिटो संसद भंग गर्ने निर्णय फिर्ता लिनुपर्ने गौतमको सुझाव छ । ‘अब प्रतिनिधिसभा पुनस्र्थापनाको विकल्प छैन’ नेता गौतमले भनेका छन्, सम्माननीय राष्ट्रपतिले जतिसक्यो छिटो संसद भंग गरेको निर्णय फिर्ता लिनोस् ।’
  • अझै दुई वर्ष नेकपा फुटाउन नपाइने जिकिर

राजनीतिक दलसम्बन्धी ऐनअनुसार पार्टी एकता भएको पाँच वर्षसम्म विभाजन गर्नै नमिल्ने उपाध्यक्ष गौतमले तर्क अघि सारेका छन् । ऐनको प्रावधानअनुसार अझै दुई वर्षसम्म नेकपा फुटाउन कानूनतः नमिल्ने गौतमले बताए ।

‘दुई वा तीनवटा पार्टी मिलेर बनेको नयाँ पार्टी पाँच वर्षसम्म फुट्न नपाइने कानूनी व्यवस्था रहेछ,’ गौतमले भनेका छन्, ‘नेकपा अझै दुई वर्ष फुट्न पाइने छैन ।’

पार्टी एकता भएको पाँच वर्षसम्म फुट्न नपाइने प्रावधान राजनीतिक दल सम्बन्धी ऐनको दफा ३३ को उपदफा ३ र १० मा लेखिएको गौतमको जिकिर छ ।

 

नेता गौतमले उल्लेख गरेको ऐनको दफा ३३ को उपदफा ३ मा भनिएको छ, ‘यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि उपदफा दुईबमोजिम गठन भएको दल आयोगबाट मान्यता प्राप्त गरेको मितिबाट पाँच वर्षसम्म छुट्टिई अर्को दल गठन हुन सक्ने छैन ।’

‘उपदफा २ अनुसार गठन भएको दल’ भन्नाले संसदमा रहेको पार्टीबाट कम्तिमा ४० प्रतिशत संख्या लिएर फुटेको दललाई भन्न खोजिएको छ । जस्तो कि– अब नेकपा फुट्यो भने ती फुटेका दुई समूहहरु आगामी पाँच वर्षसम्म फुट्न नपाउने ऐनको प्रावधान देखिन्छ ।

तर, नेता गौतमले चाहिँ एकता भएको पाँच वर्ष पूरा नभएसम्म नेकपासमेत फुट्न नपाउने तर्क गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४