एजेन्सी, १३ पुस । भारतका चर्चित एक जना यौ’न विज्ञको निधन भएको छ । उनको निधन ९६ वर्षको उमेरमा भएको हो।हजारौँ भारतीयहरूका यौ’नबारेका प्रश्नहरूको जवाफमा रसिक र स्पष्ट खालका सुझाव दिने डा. महिन्दर वात्सा एक दक्ष प्रसूति तथा स्त्रीरोग विशेषज्ञ थिए ।
डा. वात्साले आफ्नै सर्तमा सम्मानजनक जीवन बाँचेको उनका परिवारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। निधन भएको समयमा उनलाई कुनै रोग भए वा नभएकोबारे प्रस्ट नभएको जनाइएको छ । ८० वर्षको उमेरमा उनले यौनबारे परामर्श दिने आफ्नो लोकप्रिय स्तम्भ मुम्बई मिरर अखबारमा प्रकाशन गर्न थालेका थिए।
भारतको अधिकांश घरमा अझै यौ’नबारेको छलफल वर्जित हुँदा उनको स्तम्भप्रति ह्वात्तै चासो बढेको थियो भने त्यसप्रति विरोध पनि भएको थियो। यौ’न परामर्शदाताका रूपमा त्यो सङ्ख्या ४० हजारभन्दा बढी थियो। बीबीसीबाट