Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आंशिक नियन्त्रणमा आएको पाथीभरा क्षेत्रको आगो फेरि दन्कियो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १३ २०७७
  • 3.2K
    SHARES

ताप्लेजुङ, १३ पुस । आंशिक नियन्त्रणमा आएको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जंगलमा लागेको आगो फेरि दन्किएको छ । चार दिनदेखि लागेको आगलागी अझै पुर्णरुपमा नियन्त्रणमा आउन नसकेको हो ।

आईतबार स्थानीय बासिन्दासहित नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी को टोलीले आंसिक रुपमा नियन्त्रणमा लिएको र मन्दिर आसपासको क्षेत्र खतरामुक्त देखिएको थियो । तर सोमबार (आज) विहानदेखि फेरि आगो सल्किएको हो ।

अहिले आगो मन्दिरको क्षेत्रमा पुगिसकेको बताईएको छ । तर मन्दिर भने खतरामुक्त रहेको स्थानिय मिङ्मा शेर्पाले टेलिफोन मार्फत जानकारी दिनुभयो । फुङलिङ नगरपालिका ११ फावाखोला स्थित पाथीभरा सिम्बू सामुदायिक बन बाट सल्किएको आगो निभाउन चारदिन देखि स्थानीय बासिन्दा सहित नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी को टोली खटिएका छन् ।

यता मानविय प्रयासले आगो नियन्त्रणका लागि सम्भव नभएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले बताउनुभयो । प्रजिअ चापागाईका अनुसार पाथिभरा मन्दिरलाई जोगाउनको लागि जिल्ला सदरमुकामबाट थप सुरक्षा निकायका जनशक्ति परिचालन गरिएको छ । आगलागि क्षेत्र मूख्य गरि बन्यजन्तु रेडपाण्डाको बास स्थानका रुपमा लिने गरिएको छ ।

आगलागीले बहुमूल्य जटिबुटि तथा बनस्पती साथै विभिन्न प्रजातिका बोटविरुवा नष्ट भएकाछन् । तर के कति क्षति भयो भन्ने एकिन गरिएको छैन । आगलागिको कारण समेत खुलेको छैन । यस्तै बन्यजन्तु साथै उनिहरुको बासस्थानमा समेत असर पुगेको छ । यता आगलागिका कारण खानेपानीको पाईप जल्दा माथिल्लो फेदिका स्थानीयबासी भने समस्यामा परेकाछन् । खानेपानीका लागि ल्याईएको पाईप झण्डै ४ सय मिटर जलेर नष्ट भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४