Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लिलामी हुनबाट जोगियो उखु कृषक गगनदेवको जायजेथा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १२ २०७७
  • 3.9K
    SHARES

काठमाडौं । मंसिर २८ गतेदेखि काठमाडौं आएर न्यायका लागि लडिरहेका सर्लाहीका वयोवृद्ध उखुकिसान गगनदेव रायको दुई विगाह खेत ललामीबाट जोगिएको छ । सामाजिक अभियान्ताहरुले जुटाइएको सहयोग र चिनी मिलले तिरेको पैसाले धितो लिलामी नहुने निश्चित भएको अभियान्ता नवीन यादवले बताए ।

‘आइतबारसम्म गगनदेवको खातामा पाँच लाख ५५ हजार रुपैयाँ जम्मा भएको छ, अब लिलामी हुन्न,’ यादवले भने । अन्नपूर्ण चिनीमिलबाट दुई लाख ९१ हजार र सहयोगस्वरुप दुई लाख ६४ हजार रुपैयाँ जुटेको उनले जानकारी दिए ।

यादवका अनुसार कृषि विकास बैंकको मलंगवा शाखाले ऋण नविकरण गरेर किस्ता लिन थाल्ने र अब लिलामी रोकिने जानकारी गराएको छ । मिलबाट आफ्नो बक्यौता रकम पाउनुपर्ने माग राख्दै माइतीघरमा धर्ना बस्दै गर्दा बैंकले तीन साता समय दिएर सर्लाहीको खर्वास्थित घरमा पत्र पठाएको थियो । गगनदेवले आफ्नो जग्गा लिलामी रोक्न कृषि बिकास बैंकलाई ९ दिनभित्र ९ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्ने थियो ।

गगनदेव रायको परिवारको आम्दानीको मुख्य स्रोत उखु खेती हो । उनको परिवारले चार बिगाह खेतमा उखु लगाउँथे । त्यसैबाट आएको रकमले गगन देवको १० जनाको परिवारको गर्जो टार्दै आएको थियो । रायको परिवारले जिल्लाकै अन्नपूर्ण र महालक्ष्मी सुगर मिललाई वाषिर्क ६०० मेटि्रक टनसम्म उखु पुर्‍याउँथे ।

पछिल्ला वर्षहरुमा उखु मिलले बदमासी गर्न थाले । उखु लगेपछि पैसा पाउन गाह्रो हुन थाल्यो । उनले अन्नपूर्ण चिनी मिलबाट तीन लाख रुपैयाँ भन्दा धेरै रकम पाउन बाँकी थियो । मिलले दिएपछि तिरौंला भन्दै घर खर्च चलाउन स्थानीय साहुबाट ३६ प्रतिशत ब्याजमा उनले ऋण लिए ।

मिलबाट पैसा आएन । ऋणको साँवा र ब्याज बढेर ७ लाख नाघ्यो । स्थानीय ऋण महँगो भएपछि रायले त्यही उखु लगाएको खेत धितो राखेर १० लाख रुपैयाँ कृषि विकास बैंकबाट ऋण झिके । गाउँको साहूको ऋण तिरेर बाँकी पैसाले घर चलाए, तर पनि चिनी मिलबाट पैसा आएन । अहिले सोही ऋण चुक्ता नगरेको भन्दै बैंकले लिलामी प्रक्रिया अघि बढाएको हो ।

गगनदेवको खेत लिलामीबाट जोगाउन उनको बैंक खाता नविकरण गरिएको र केही सहयोग पनि जम्मा हुन थालेको सामाजिक अभियान्ता यादवले बताए । सहयोगस्वरुप शुक्रबारसम्म दुई लाख ६४ हजार रुपैयाँ खातामा जम्मा भएको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४