Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मध्यपुरथिमिमा तत्काल विद्यालय सञ्चालन नहुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १२ २०७७
  • 3.3K
    SHARES

भक्तपुर, १२ पुस। मध्यपुरथिमि नगरपालिकाले तत्काल आफ्नो नगर क्षेत्रका विद्यालय सञ्चालनलाई अनुमति नदिने भएको छ । कोभिड–१९ को महामारीका कारण गत चैतदेखि बन्द छन् ।

विभिन्न नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालनमा ल्याए पनि मध्यपुरथिमिले भने कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै तत्काल विद्यालय सञ्चालनमा नल्याउने भएको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल मध्यपुरथिमि नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको बधाई, शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरसको उच्च जोखिम रहेको अहिलेकै अवस्थामा नगरपालिकाले विद्यालय सञ्चालन गर्ने अनुमति नदिने जानकारी दिनुभयो ।

सामान्य स्वास्थ्य मापदण्डको पालना नहुनुले भाइरस सङ्क्रमणको उच्च रहेको हुँदा अहिलेका अवस्थामा विद्यालय सञ्चालन गर्न नहुने उनको भनाइ थियो । “अहिले भर्चुअल माध्यमबाट विद्यालय सञ्चालन भइरहेका छन्, परीक्षा सञ्चालन भइरहेका छन्”, उहाँले भन्नुभयो, “यसैगरी भर्चुअल कक्षा सञ्चालन गरौँ, यसलाई पनि प्रभावकारी ढङ्गले लानसके उपलब्धि हासिल गर्न सकिन्छ भन्ने अनुभव प्राप्त भइसक्यो, अर्को निर्णय नभएसम्म यसैगरी पढाई गराऔँ ।”
कार्यक्रममा सहभागी विद्यालय सञ्चालकले भने अन्य जिल्ला र नगरपालिकाले भौतिकरुपमा नै विद्यालय सञ्चालन गर्न शुरु गरेकाले मध्यपुरथिमिले पनि विद्यालय सञ्चालन गर्न रोक्न नहुने जिकिर गरेका थिए ।

सहभागीले भर्चुअल कक्षामा सबै विद्यार्थीलाई समावेश गर्न नसकिएको, स्वास्थ्य मापदण्ड पालना गर्दै सुरक्षाका उपाय अवलम्बन गरी भौतिकरुपमा कक्षा सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष दीपिका थापा, प्याब्सन केन्द्रीय कार्यसमितिका सहकोषाध्यक्ष गणेशबाबु पोखरेल, प्याब्सन भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष चन्द्रकुमार अधिकारी, हिसान केन्द्रीय कार्यसमितिका सदस्य वीरेन्द्र जयनालगायतले शिक्षा क्षेत्रमा आएको समस्या र चुनौतीका बारेमा चर्चा गरेका थिए ।

मध्यपुर प्याब्सन कार्यसमितिका अध्यक्ष निलेश आचार्यले कोरोना भाइरसको महामारीकाबीच शिक्षा क्षेत्र निकै चपेटामा परेको जनाउँदै सरकारले शुरुमै विद्यालय सञ्चालन नीति नबनाउँदा समग्र शिक्षा क्षेत्र नै धरासायी बनेको बताउनुभयो ।

मध्यपुर प्याब्सनका कोषाध्यक्ष एवं मध्यपुरथिमि नगरपालिका शिक्षा समिति सदस्य सुमन बस्नेतले मध्यपुरथिमिका विद्यालयको अवस्थाकाबारेमा जानकारी गराउनु भएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४