Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्छु : वनमन्त्री आले


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १२ २०७७
  • 4.7K
    SHARES

काठमाडाैँ, १२ पुस । नवनियुक्त वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्ने र विकृति भए सबै मिलेर हटाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आज पद बहालीका क्रममा उहाँले सबै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशनसमेत दिनुभयो ।

मन्त्री आलेले आफू प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा रहँदा वन क्षेत्रका केही विकृति र गुनासा देखेको बताउँदै त्यसलाई हटाई उत्कृष्ट मन्त्रालयका रुपमा चिनाउन हरदम लागिपर्ने बताउनुभयो । मन्त्रालयका काम कारवाहीमा कार्यालय सहयोगीदेखि सचिवसम्म सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले एक परिवारसरह काम गर्न निर्देशन दिनुभयो ।

वातावरण र संरक्षणका कार्य चुनौती रहेकाले यसमा सबैले मिलेर जिम्मेवारीका साथ काम गर्नुपर्ने बताउँदै उहाँले विकास र वातावरणबीच सन्तुलन गरी विकास निर्माणका कार्यलाई सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री आलेले सरकारले मध्यावधि निर्वाचन घोषणा गरिसकेका कारण आफ्नो कार्यकाल छोटो रहेकाले दु्रत गतिमा काम गर्नुपर्ने बताउँदै यसमा सबै कर्मचारीको सहयोगको अपेक्षासमेत गर्नुभयो ।

कार्यक्रममा सचिव डा विश्वनाथ ओली, मन्त्रालयअन्तर्गत निकायका प्रमुख, विभागीय प्रमुखलगायतको सहभागिता थियो । मन्त्री आलेले आज आर्थिक अनुशासन मितव्ययीतासम्बन्धी र वेरुजु फछ्र्यौटको कार्ययोजना बनाई कार्यान्वयन गर्ने पहिलो निर्णय गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४