विराटनगर, १२ पौष । प्रदेश नं. १ को प्रदेश सभामा मुख्यमंत्री शेरधन राईविरुद्ध नेकपाका प्रचण्ड-माधव नेपाल समूहमा ३७ जना प्रदेश सांसदहरुको हस्ताक्षर रहेको अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
निवर्तमान आर्थिक मामिला तथा योजना मंत्री इन्द्र आङ्बो प्रस्तावक रहेको अविश्वास प्रस्ताव प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीलाई हस्तान्तरण गरेका छन् ।
बहुमत सदस्य आफ्ना पक्षमा रहेकाले वर्तमान सरकार अल्पमतमा परेको र संसदीय दलको नेताका रुपमा भीम आचार्यलाई चयन गरिएको समेत जानकारी गराइएको थियो ।
अविश्वास प्रस्ताव दर्ता पछि प्रदेश सांसद इन्द्र आङ्बोले संघिय सरकारले गरेको निर्णयलाई हेर्ने दृष्टिकोण नै फरक रहेकाले नेकपा ओली समूहसँग प्रदेश सरकार गठनमा सहकार्य गर्न नसिकने बताउनुभयो ।
सांसदहरुको टोलीले प्रदेश सभामुख प्रदीपकुमार भण्डारीलाई पनि हस्ताक्षर सहितको अविश्वास प्रस्ताव हस्तान्तरण गर्दै छिटो भन्दा छिटो प्रक्रियामा लगेर राजनैतिक गतिरोध अन्त्य गरिदिन आग्रह गरेका छन् । मुख्यमंत्री शेरधन राई नेतृत्वको प्रदेश सरकार ०७४ फागुन ३ गते गठन भएको थियो । अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ ।
९३ सदस्य रहेको प्रदेशसभामा नेकपाको ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्यको दावी गरिदैं आएको छ। तर, मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा भने ३७ जनाले मात्रै हस्ताक्षर गरेका छन्।
यी हुन् प्रस्तावमा हस्ताक्षर गर्ने सांसद



