Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भूमिहीन सुकुम्बासीलाई चैतबाट लालपूर्जा वितरण गर्ने योजना


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १२ २०७७
  • 5.1K
    SHARES

देशको पछिल्लो राजनीतिक परिस्थितिले काममा कुनै असर पर्दैन : अध्यक्ष ज्ञवाली

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगले चैतबाट भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गर्ने तयारी गरेको छ ।

पहिलो चरणमा सम्झौता गरेका १४ स्थानीय तहमा चैतदेखि लालपूर्जा वितरण गर्ने लक्ष्य रहेको आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले बताए ।

उनका अनुसार पहिलो चरणमा आयोगले सम्झौता गरेका १४ स्थानीय तहमा फागुनसम्ममा तथ्यांक संकलन तथा जग्गाको नापजाँच गरिसक्ने र चैतबाट लालपूर्जा वितरण गर्ने लक्ष्य छ । ‘जटिल प्रकृतिका समस्या देखिए त्यसलाई क्रमशः समाधान गर्दै जाने तर सहजरूपमा हुने कामलाई नरोकी चैतबाट क्रमशः पूर्जा वितरणको काम थालनी गर्ने योजना छ,’ अध्यक्ष ज्ञवालीले भने ।

देशको पछिल्लो राजनीतिक परिस्थितिले आयोगको काममा कुनै असर नपर्ने उनले बताए । आयोग कानूनी आधारमा टेकेर गठन भएको भन्दै उनले विगतमा बनेका आयोगजस्तो समस्या नआउने दाबी गरे ।

आयोगले आवश्यक नियमावली, कार्यविधि बनाउँदै अगाडि बढेको भन्दै उनले आयोग लालपूर्जा वितरणको काममा सफल हुनेसमेत बताए । ‘आयोग असफल हुने कुरै छैन, यसले काम गर्छ,’ अध्यक्ष ज्ञवालीले भने, ‘आयोगलाई असफल हुने दिइने छैन, यसका लागि कसैले बाधा पुर्याउनु हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४