Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुरेन्द्र पाण्डेको प्रश्न : ओलीजीले अदालत पनि विघटन गरेँ भन्नुभयो भने के हुन्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ११ २०७७
  • 5.2K
    SHARES

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ राजा बन्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

शनिबार धादिङ काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले प्रतिनिधिसभ विघटनसँगै प्रधानमन्त्री ओलीको आरोलो यात्रा सुरु भएको बताए ।

संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै उनले भने संसद पुनस्र्थापना हुनैपर्ने दाबी गरे । ‘अब ओलीलीले अदालत पनि विघटन गरेँ भन्ने र राष्ट्रपतिले हस्ताक्षर गर्ने हो भने के हुन्छ ? कुनै प्रवन्ध विना जे पनि गर्ने हो भने त्यो र यसमा के फरक छ ?’ उनले प्रश्न गरे ।

हिजो राजालाई न्यायाधीशलाई हटाउने अधिकार हुने स्मरण गर्दै उनले नयाँ राजा बन्ने प्रयास नगर्न ओलीलाई चेतावनी दिए । ‘ओलीजी नयाँ राजा होइन । नयाँ राजा बन्ने कुचेष्ट नगर्नुहोला’ उनले अघि भने, ‘खबरदार, तपाई यो बाटोमा हिड्नुभयो भने तपाईको यात्रा पनि धेरै परसम्म जाने बाला छैन । नेपाली जनताले यो यात्रालाई रोकेर बीचमै रोकिछोड्छन् ।’

पाण्डेले अदालतलाई पनि खबरदारी गरे । ‘कसैको अनुहार हेरेर होइन, संविधान र कानून हेेरेर निर्णय गर्नुस्’ उनले भने, ‘अनुहार हेरेर निर्णय गर्नुभयो भने यो देशले दुःख पाउउनेछ । तपाईहरु पनि त्यसबाट अछुतो रहनुहुने छैन ।’

उनले संवैधानिक र कानूनी बन्दोबस्त र नजिरहरुलाई हेरेर संसद विघटनबारे फैसला गर्न आग्रह गरे । हामीलाई विश्वास छ, तपाईहरु त्यसबाट दायाँबायाँ जानुहुन्न, संसद पुनःस्र्थापना हुन्छ । किनकी संविधानले यसरी संसद विघटनको परिकल्ना गरेकै छैन’ नेता पाण्डेले भने ।

पार्टीको बहुमत सदस्य आफूहरुसँग भएकाले नेकपा र सूर्य चिन्ह आफूहरुसँगै रहने उनले दाबी गरे । तर देशभित्र र बाहिर प्रतिक्रियावादीहरुको बोलबाला रहेको र उनीहरुको षड्यन्त्रको शिकार देश हुनसक्नेतर्फ सचेत हुनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४