Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतबाट कोभिड–१९ विरुद्धको खोप ल्याउन कूटनीतिक पहल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १० २०७७
  • 5.4K
    SHARES

काठमाडौं । सरकारले भारत निर्माण भइरहेको कोभिड–१९ विरुद्धको खोप सकेसम्म छिटो ल्याउन कूटनीतिक पहल अगाडि बढाएको छ ।

भारतमा अहिले अन्तिम चरणमा रहेका खोपले त्यहाँ आपतकालीन प्रयोगका लागि अनुमति पाउनासाथ नेपालमा पनि ल्याउने सरकारी योजना छ ।

यसका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावासले पहल गरिरहेको राजदूत नीलाम्बर आचार्यले बताए ।

अन्य मुलुकहरुबाट पनि सरकारले खोप ल्याउने तयारी गरे पनि अहिलेलाई भारतमा निर्माण हुने खोपलाई नै उच्च प्राथमिकता दिइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धाहरुलाई पुग्नेगरी खोप ल्याउने सरकारी योजना छ ।

नेपालबाट एकदमै नजिक भएको, त्यहाँ निर्माण हुने खोपको तापक्रम पनि मिल्ने र खरिद प्रक्रिया पनि सहज भएकाले सरकारले भारतमा निर्माण भएका खोपलाई प्राथमिकता दिन थालेको हो ।

त्यसैगरी मूल्यको हिसाबले पनि भारतका निर्वाचन भएका खोप अन्य मुलुकसँगको तुलनामा सस्तो पर्ने सरकारी अधिकारहरुको भनाइ छ । भारतमा दुई कम्पनी सेरम र बायोटेकले खोप उत्पादन गरिरहेका छन् ।

सेरमले दुई हप्ता अगाडि आपतकालीन प्रयोगका लागि भारतीय सरकारसँग अनुमति मागेको छ । तर, भारत सरकारले अहिलेसम्म कुनै पनि निर्णय गरेको छैन ।

सो कम्पनीले निर्माण गर्ने खोप ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने र वितरण पनि सहज हुने बताइएको छ ।

त्यसैगरी भारतको हैदरावादमा अवस्थित भारत बायोटेक कम्पनीले पनि आपतकालीन प्रयोगका लागि अनुमति दिन आग्रह गरेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँगको सहकार्यमा निर्माण गर्न लागिएको सो खोप प्रयोगलाई लागि दुई दिन अगाडि अनुमति माग्दै निवदेन दिइएको हो ।

दुई हप्ता अगाडि पनि सो कम्पनीले अनुमतिका लागि ड्रग कन्ट्रोलर जनरल इन्डियासँग अनुमति मागेको थियो । तर, सरकारले कुनै पनि निर्णय गरेन ।

भारतका लागि नेपाली राजदूत आचार्यले भारतमा आपतकालीन प्रयोगका लागि अनुमति पाउने वित्तिकै नेपालमा पनि ल्याउनका लागि पहल भइरहेको जानकारी दिए ।

उनले भने, ‘हामीले खोप उत्पादन कम्पनी र भारत सरकारसँग निरन्तर कुराकानी गरिरहेका छौं,’ उनले दुवै कम्पनी र भारत सरकारका तर्फबाट सकरात्मक जवाफ पाएको अनलाइखबरलाई बताए ।

नोभेम्बरको अन्तिम साता नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले भारतमा खोप निर्माण हुनासाथ नेपाललाई पनि उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले नेपाललाई आफूहरुले उच्च प्राथमिकतमा राखेको समेत जानकारी दिएका थिए ।

सरकारले ७२ प्रतिशत जनसंख्यालाई कोभिड–१९ को खोप लगाउने तयारी गरेको छ । २८ प्रतिशत जनसंख्या १५ वर्ष मुनिको भएकाले उनीहरुलाई भ्याक्सिन आवश्यक नपर्ने सरकारी अधिकारीहरुको भनाइ छ ।

कोभ्याक्सले २० प्रतिशत खोप प्रदान गर्ने भएकाले बाँकी ५२ प्रतिशत खोप सरकारले किन्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४