Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद विघटनको बिरोध गर्दै काठमाडौंमा राँके जुलुस !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ९ २०७७
  • 4.3K
    SHARES

काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका विद्यार्थी नेता, कार्यकर्ताहरुले काठमाडौंमा निकालेको राँके जुलुसमा निकालेका छन् । बिहीबार साँझे बानेश्वरबाट विजुली बजार हुँदै माइतीघरसम्म निकालिएको जुलुसलाई प्रहरीले तितरवितर पार्न खोजेपछि ढुंगा हानाहानसमेत भएको थियो । प्रहरीले जुलुसलाई तितरवितर पार्न खोजेपछि प्रदर्शनकारीले ढुंगा हानेका थिए । झडपको सुरुवात भने प्रहरीले राँको खोस्न थालेपछि भएको जुलुसमा सहभागी एक नेताले बताए । त्यसक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले रातको समस्या राँके जुलुस निकाल्दा अन्यत्र सल्किएर आगलागी हुनसक्ने भएकाले नियन्त्रणमा लिइएको बताए ।उनले   जन न्युज नेपाल खबरसँग भने, ‘जुलुस निकाल्न नदिने भन्ने नीति त होइन तर, रातको समयमा अन्य क्षति नहोस् भनेर नियन्त्रणमा लिने प्रयास गरिएको हो ।’ दुई पक्षबीच भएको झडपका क्रममा भुपेन्द्र शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एसएसपी सिंहले भने कसैलाई पक्राउ नगरिएको बताए । उनले भने, ‘राँको खोस्दा घम्साघम्सीपछि समातिएको भए केहीवेरपछि छुट्छन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४