Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५ महिनामै १० खर्बले बढ्यो सेयर लगानीकर्ताको पुँजी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ९ २०७७
  • 4.3K
    SHARES

काठमाडौं । पछिल्लो ५ महिनामा नै पुँजीबजारका लगानीकर्ताहरुको पुँजीकरण ८ खर्ब रुपैयाँले बढेको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको पुँजीकरण गत सार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

५ महिनाको अवधिमा नै ९ खर्ब ९४ अर्ब ३१ करोड रुपैयाँले पुँजीकरण बढेर मंसिर मसान्तसम्म २७ खर्ब ८७ अर्ब ७ करोड रुपैयाँ पुगेको हो । अघिल्लो महिना कात्तिक मसान्तमा धितोपत्र बजार पँुजीकरण २३ खर्ब २ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

नेपाल स्टक एक्सचेन्जमा २०७७ कात्तिकसम्ममा सूचीकृत ४ अर्ब ९४ करोड सेयरको चुक्ता मूल्य ४ खर्ब ८४ अर्ब ८० करोड रहेको छ ।

पुँजीकरणमात्रै होइन नेप्से परिसूचक पनि असार यता ७ सय अंक हाराहारीमा बढेको छ । गत असार मसान्तमा यस्तो सेयर कारोबार मापक नेप्से परिसूचक १ हजार ३ सय ६२ दशमलव ४ रहेको थियो । यो कात्तिक मसान्तसम्म आइपुग्दा १ हजार ७ सय १८ दशमलव ५ अंकमा पुग्यो । मंसिर मसान्तसम्म भने नेप्से परिसूचक बढेर २ हजार नाघेको छ ।

  • बैंक-वित्तकै वर्चस्व

कात्तिक मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ३५ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७३.३ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.६ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १५.० प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को चार महिनामा १ खर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको साधारण सेयर, ५ अर्ब ५३ करोड बराबरको बोनस सेयर, ४ अर्ब बराबरको डिबेन्चर, २ अर्ब २ करोड बराबरको हकप्रद सेयर र ६५ करोड बराबरको म्युचअल फण्ड गरी कुल १ खर्ब २१ अर्ब ६५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकले बताएको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ३ अर्ब ४४ करोड बराबरको डिबेन्चर, ९३ करोड ८६ लाख बराबरको साधारण सेयर, ५३ करोड ३७ लाख बराबरको हकप्रद सेयर र ५० करोड बराबरको म्युचअल फण्ड गरी कुल ५ अर्ब ४१ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४