Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनले पनि तयार पार्यो कोरोनाविरुद्धको खोप, १० लाख जनालाई लगाइयो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ८ २०७७
  • 4.1K
    SHARES

काठमाडौं । अमेरिका र बेलायतले कोरोना विरुद्धको भ्याक्सिन लगाउन सुरु गरेसँगै चीनले पनि आफैं तयार पारेको भ्याक्सिन सर्वसाधारणलाई लगाउन सुरु गरेको छ ।

चीनका भ्याक्सिन स्टेट काउन्सिलका प्रमुख झेंगका अनुसार चीनका १० लाख जनालाई भ्याक्सिन लगाइएको र यसमा कुनै त्रुटी भेटिएको छैन ।

केही व्यक्तिलाई सामान्य असर गरेपनि यसले गम्भीर असर नगरेका कारण अब चीनका हरेक नागरिकलाई भ्याक्सिन उपलब्ध गराइने झेंगको भनाइ छ ।

भ्याक्सिन लगाइएका १० लाख मध्ये ६० हजार कोरोना भाइरसको उच्च जोखिममा रहेका व्यक्तिहरु रहेकोमा एकाधलाई केही असर देखिएको बताइएको छ ।

चीनमा हाल तीन कम्पनीले भ्याक्सिन तयार पारिरहेको छ । जसमा सिनोफार्म एण्ड सिनोभ्याकले तयार पारेको भ्याक्सिन चीनबाहेक अन्य राष्ट्रहरुमा पनि ट्रायलको रुपमा रहेको छ ।

युएई, ब्राजिल, टर्की, इन्डोनेशिया, बहराइनमा पनि चीनको सिनोफार्म एण्ड सिनोभ्याकले तयार पारेको भ्याक्सिन ट्रायलको रुपमा प्रयोग गरिएको छ ।

विश्वमा फाइजर र मोर्डनाको भ्याक्सिन प्रयोगमा आइरहेकोमा चीनले यो भ्याक्सिनले पनि मान्यता पाउने दाबी गरेको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४