Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इस्लामावादमा ७ फिटको कृष्ण मन्दिर निर्माणकाे अनुमति


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ८ २०७७
  • 2.5K
    SHARES

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामावादमा कृष्ण मन्दिर निर्माणको अनुमति दिइएकाे छ । राजधानी विकास प्राधिकरण (सिडीए) ले हिन्दु समुदायले प्रस्ताव गरेकाे कृष्ण मन्दिर निर्माणको अनुमति दिएको हो।

सत्तारुढ पाकिस्तान तहरीक ए इन्साफ (पीटीआइ) पार्टीका अल्पसंख्यक समुदायका सांसदले शहरमा पहिलो नयाँ हिन्दु मन्दिर बनाउने निर्णयलाई महत्वपूर्ण कदम भन्दै स्वागत गरेको छ। सीडीएले इस्लामावादको हिन्दु पञ्चायतका अध्यक्षलाई एक पत्र लेख्दै मन्दिर, सामुदायिक भवन र दाहसंस्कार स्थल बनाउनका लागि सशर्त अनुमति दिएको बीबीसीले उल्लेख गरेको छ।

पत्रमा मन्दिरको उचाइ सात फिटभन्दा अग्लो हुन नहुने शर्त राखिएको छ। पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफको सरकारले सन् २०१७ मा मन्दिर निर्माणका लागि इस्लामावादमा जमिन उपलब्ध गराएको थियो। जमिनमा हिन्दु समुदाय कृष्ण मन्दिर बनाउन चाहन्थे।

पाकिस्तान इस्लाम राष्ट्र भएकाले हिन्दु मन्दिर बनाउने अनुमति दिनुलाई हिन्दुहरूले ठूलो सफलताको रूपमा हेरेका छन् । त्यहाँ यसअघि पनि कृष्ण मन्दिर बनाउन लाग्दा स्थानीयले विरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४