Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलको पद धरापमा !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ८ २०७७
  • 2.7K
    SHARES

अविश्वासको डरले बसेन बागमती प्रदेश सभा

हेटौंडा । बागमतीमा प्रदेश सभाको बैठक गत साउन ८ गतेदेखि बस्न सकेको छैन । प्रदेशसभा सुरु हुनेबित्तिकै नेकपा विवादको बाछिटा पर्ने डरले मुख्यमन्त्री डोरमणि पौडेल संसद आह्वानको सिफारिस गर्न हच्किएका छन् ।

बागमती प्रदेशका एक मन्त्रीका अनुसार आन्तरिक विवाद कायमै रहेका कारण मुख्यमन्त्री पौडेललाई आफ्नै पार्टीभित्रबाट अविश्वासको प्रस्ताव आउने डर छ । किनभने ओली निकट पौडेल अल्पमतमा छन् । यससँगै प्रदेश सरकारको अंक गणित सुरु भइसकेको छ । बागमती प्रदेशसभा ११० सदस्यीय छ । सरकार सन्चालनका लागि ५६ सिट चाहिन्छ । नेकपाका सांसद मात्रै ८० जना छन् । तीमध्ये प्रचण्ड–माधव नेपाल पक्षीय सांसदको संख्या ४६ छ । केपी शर्मा ओली निकट सांसद ३४ जना छन् । कांग्रेस २२, विवेकशील साझा ३ र अन्य ५ जना सांसद बागमती प्रदेशमा छन् ।

प्रचण्ड–माधव नेपाल पक्षका सांसदले साथ नदिने अवस्थामा मुख्यमन्त्री पौडेलले कांग्रेस र अन्य साना दलको साथ लिनुपर्छ । तर अहिलेसम्मको स्थितिमा पौडेललाई ओली निकट सांसदबाहेक अरुको समर्थन छैन । यसको अर्थ स्पष्ट छ– बागमती प्रदेशका मुख्यमन्त्री पौडेल आफ्नै संसदीय दलभित्र अल्पमतमा छन् ।

ओली निकट मानिने पूर्वमन्त्री केशव स्थापितसमेत मुख्यमन्त्री पौडेलसँग चिढिएका छन् । नेकपाका नेताहरु स्थापितले पौडेललाई साथ नदिने दाबी गर्छन् । नेकपाका प्रभावशाली मानिने नेताहरु स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्यहरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईं लगायत पनि मुख्यमन्त्री डोरमणि पौडेलको विपक्षमा देखिन्छन् । यस्तै सरकारमै रहेका केन्द्रीय सदस्यहरु शालिकराम जम्मकट्टेल, अरुण नेपाल, युवराज दुलाल ‘शरद’ मुख्यमन्त्री पौडेलविरुद्धमै छन् । सरकारमा रहेका केन्द्रीय सदस्यहरु कैलाश ढुंगेल, रामेश्वर फुँयाल भने मुख्यमन्त्री डोरमणि पौडेलको पक्षमा छन् ।

तत्कालीन एमालेका सांसदहरुको बहुमत भएपछि पौडेल मुख्यमन्त्री भएका थिए । पौडेलसँग प्रतिस्पर्धामा थिइन् माधव नेपाल निकट नेतृ अष्टलक्ष्मी शाक्य । वष्ठिताको हिसाबले पनि अष्टलक्ष्मी अगाडि भए पनि केपी शर्मा ओलीले जबर्जस्ती पौडेललाई मुख्यमन्त्री बनाएका थिए । उक्त समयमा तत्कालीन माओवादीसँग सांगठनिक एकता नभएकाले एमालेभित्रै माधव नेपाल गुट र ओली गुटमा मात्रै प्रतिस्पर्धा भएको थियो । तर अहिले अवस्था फेरिएको छ । तत्कालीन एमालेभित्र रहेको ५८ मतमध्ये मुख्यमन्त्री पौडेललाई ३४ मत आएको थियो भने शाक्यलाई २४ मत आएको थियो । अहिले तत्कालीन माओवादीको २२ र माधव नेपाल पक्षको २४ र मुख्यमन्त्री पौडेलसँग चिढिएका केशव स्थापितलाई समेत जोड्दा पौडेलको विपक्षमा ४७ मत पुग्ने आँकलन नेकपा बागमती प्रदेशका सांसदहरु गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४