Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुखीपुर नगरपालिकामा प्रेसरकुकर बम फेला


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 3.6K
    SHARES

जनकपुरधाम । सिराहाको सुखीपुर नगरपालिकाको कार्यालयमा बम फेला परेको छ । झोलामा राखिएको अवस्थामा प्रेसरकुकर बम फेला परेको कर्मचारीले बताएका छन् ।

बिहान सरसफाई गर्न गएका कर्मचारीले कालो झोला राखेको देखेका थिए । झोला खोलेर हेर्दा प्रेसरकुकर बम देखिएको कर्मचारीले बताए  ।

अहिले सो क्षेत्रलाई सिल गरी सुरक्षाकर्मीले पहरा दिइरहेका छन् । सिराहा प्रहरीका निमित्त प्रबक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले बम फेला परेको पुष्टि गरे ।

बम फेला परेको क्षेत्रलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली आएर डिस्पोजल गर्न लागेको उनले बताए ।

गोइत समूहले लियो जिम्मेवारी

जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले उक्त स्थानमा बम राखेको जिम्मेवारी लिएको छ ।

गोइत समूहले मंगलबार प्रेस विज्ञप्ति जारी गरेको विज्ञप्तिमा नगरपालिकाका कर्मचारीले सेवाग्राहीलाई चरम शोषण, उत्पीडन र अपमानित गरेका कारण चेतावनी स्वरुप बम राखिएको उल्लेख छ  ।

सेवाग्राहीलाई हेप्ने, अपमानित गर्ने अहंकारी कर्मचारीमाथि कारबाही गर्न सोमबार राति नै बम राखिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४