Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद विघटनविरुद्ध प्रतिरोध आन्दोलन गर्न नौ विद्यार्थी संगठनको आह्वान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 3.4K
    SHARES

काठमाडौं । नौ विद्यार्थी संगठनहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोध जनाएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को संयोजनमा आज बसेको नौ विद्यार्थी संगठनहरुको संयुक्त बैठकले संविधानको रक्षाका लागि सहकार्य गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौंका अध्यक्ष विमल पोखरेल, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र, विप्लव निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जिवी ढकाल, गोपाल किराँती सम्बद्ध अखिल (क्रान्तिकारी)का महासचिव सुन्दर रायमाझी र अखिल नेपाली विद्यार्थी युनियनका सचिवालय सदस्य मनिष भट्टराई सहभागी थिए ।

बैठकले संसद विघटनविरुद्ध देशभर प्रतिरोध आन्दोलन गर्न सबै युवा विद्यार्थीहरुलाई आह्वानसमेत गरेको छ ।

हेर्नुहोस् नौ विद्यार्थी संगठनहरुको संयुक्त विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४