Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

के हो बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकार ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ७ २०७७
  • 5.2K
    SHARES

बेलायतमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ प्रकार (भेरियन्ट) देखिएको छ । जसको कारण अहिले विश्वका धेरै मुलुकले बेलायतमाथि हवाई उडानमा प्रतिबन्धको निर्णय गरिरहेका छन् ।

सन् २०१९ को अन्तिममा चीनको वुहान सहरबाट फैलिएको कोरोको प्रकृतिमा निकै परिवर्तन आइसकेको छ । यसरी भाइरसको प्रकृतिमा परिवर्तन हुनुलाई म्युटेट हुनु भनिन्छ|

कोरोना भाइरस आरएनए भाइरस हो । यस्ता भाइरस समयसँग म्युटेट हुँदै जान्छन् । मौसमी इन्फ्लुएन्जा पनि वर्षेनी म्युटेट हुन्छ । त्यसैले प्रत्येक वर्ष फ्लुको खोप पनि अपडेट गरिन्छ । त्यसैले कुनै पनि भाइरस म्युटेट हुनुलाई नौलो मानिँदैन ।

यद्यपि अहिले बेलायतमा देखिएको नयाँ भेरियन्टले भने मानिसहरुमा चिन्ता बढाएको छ । नयाँ देखिएको प्रकृतिमा संक्रमितको लक्षण र यसको असर परिवर्तनको कुनै प्रमाण पाइएको छैन तर यो ७० प्रतिशत धेरै संक्रामक देखिएको छ ।

नयाँ भेरियन्टको चिन्ता

कोरोना भाइरसको नयाँ भेरियन्ट धेरै भिन्न किसिमको नभएपनि यसले वैज्ञानिकहरुको चिन्ता भने बढाएको छ । निकै तीव्र गतिमा भारतले आफ्नो प्रकृति बदल्नु वैज्ञानिकहरुको लागि एक चिन्ताको विषय हो । यसरी भाइरस म्युटेट हुँदा भाइरसको महत्वपूर्ण हिस्सामा पनि परिवर्तन हुन सक्छ । यसको विषयमा थप अनुसन्धान गर्नु जरुरी हुन्छ ।

साथै यसको थप असरको बारेमा जान्न थप अध्ययनको आवश्यकता पार्छ । अर्को चिन्ताको विषय भाइरसको क्षमता बढ्नु नै हो । प्रयोगशालामा गरिएको अध्ययनको क्रममा कोरोना भाइरसको संक्रमित पार्न सक्ने क्षमता पनि बढेको पाइएको छ । यस्तोमा आगामी दिनमा कोरोना संक्रमित तीव्र गतिमा फैलिन सक्ने चिन्ता बढेको छ ।

अहिले देखिएको कोरोनाको भेरियन्टको सुरुआत सेप्टेम्बरको मध्यमा बेलायतको दक्षिणपूर्वमा देखिएको थियो । अहिले यो संक्रमण बेलायतको धेरै स्थानमा देखिएको छ । डिसेम्बरको ९अघिको एक सातामा लण्डनमा ६२ प्रतिशत कोरोना संक्रमितमा नयाँ प्रकारको कोरोना पाइएको थियो । त्यसको तीन साताअघि सम्म यस किसिमको संक्रमण २८ प्रतिशत मानिसमा देखिएको थियो ।

कहाँबाट आयो नयाँ भेरियन्ट ?

भाइरस म्युटेट हुनु सामान्य भए पनि कसरी यो भाइरस म्युटेट भयो भन्ने महत्वपूर्ण विषय हुने गरेको छ । अहिलेसम्म यसको स्पष्ट जानकारी मिलेको छैन । तर, वैज्ञानिकहरुले कुनै कमजोर संक्रमितको शरीरबाट कोरोना भाइरसले थप शक्तिशाली हुने मौका पाएको हुन सक्ने बताएका छन् । अहिलेसम्म यस नयाँ संक्रमणको कारण मृत्युदर बढेको कुनै प्रमाण पाइएको छैन । तर, यस विषयमा अनुसन्धान गरिनु भने जरुरी छ । यद्यपि नयाँ भेरियन्टले संक्रमितको संख्या बढाउने र जसको कारण अस्पतालमा पनि मानिसहरुको भिड बढ्छ । जसको कारण मृत्यु हुनेको संख्या पनि बढ्न सक्ने जानकारहरुको भनाइ छ ।

भेरियन्टमा खोपको असर

अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको असर नयाँ भेरियन्टमा पनि रहने बताइएको छ । नयाँ भेरियन्टमा पनि अनय लक्षण र यसले पार्ने असरमा कुनै परिवर्तन नआएको हुँदा खोपले भेरियन्टमा पनि काम गर्ने विश्वास लिइएको छ ।

विश्लेषकहरु भने यसै किसिमले भाइरस शक्तिशाली बन्दै गएको अवस्थामा भने आगामी दिनमा खोपले पनि काम नगर्ने अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । यदि कोरोना भाइरस खोपभन्दा पनि शक्तिशाली बन्यो भने कोरोना खोप पनि फ्लुको खोप जस्तै निरन्तर अपडेट गरिरहुनुपर्ने जानकारहरुको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४