Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरामा केपी ओलीको समर्थनमा प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ६ २०७७
  • 4.2K
    SHARES

पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्षमा नेपाल कम्युनिस्ट पार्टीको युवा र विद्यार्थी संगठनको एक समूहले पोखरामा प्रदर्शन गरेको छ ।

उनीहरुले प्रदर्शनमा नारा लगाउँदै भनेका छन् ‘ नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिह्न हाम्रै हो । यो बिना प्रचण्ड-माधवले चुनाव जितेर देखाऊ ।’ उनीहरुले सही पनि एमाले, मै पनि एमाले नारा पनि लगाएका थिए ।

अनेरास्ववियु कास्की अध्यक्ष विवेक देवकोटाले गलत मान्छेको हातमा देश सुम्पिँदा देशै डुब्ने भएकाले देश जोगाउन कदम चाल्नु बताए । युवा संघका नेता माधव बास्तोलाले देशैभरि केपी ओलीको नेतृत्वमा अर्को चुनावमा जाने बताए । उनले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको गठबन्धनलाई आपराधिकको संज्ञा दिए । वास्तोलाले प्रचण्ड जेल जानुको विकल्प नभएको पनि जिकिर गरे ।

प्रदर्शनमा युवा संघका पूर्वअध्यक्ष तथा प्रदेश सांसद राजीव पहारी, पोखरा महानगरका ईन्चार्ज दीपक पौडेललगायत पनि सहभागी थिए । पुस १० गते युवा संघले र्‍यालीसहित युवा भेलासमेत आयोजना गरेको छ । ‘भेलामा जनता र नेता कार्यकर्ता कसका पक्षमा छन् भन्ने प्रचण्ड माधवलाई देखाउँछौं’ बास्तोलाले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४