Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘राष्ट्रपति चुक्नुभयो, सर्वोच्चको ध्यान पुगोस्’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ६ २०७७
  • 3.4K
    SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्यादाअनुसार काम गर्न नसकेको टिप्पणी पूर्वराष्ट्रपति डा.रामवरण यादवले गरेका छन् । प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले आफूलाई मर्माहत भएको उनले बताए ।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले भने, ‘राष्ट्रपति संस्थामाथि पनि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो । उहाँ आफ्नो भूमिका निर्वाह गर्नमा चुक्नु भएको छ ।’

सरकारको सिफारिस र राष्ट्रपति सदर गर्ने निर्णय राजनीतिक, संवैधानिक र नैतिक रुपमा अमिल्दो रहेको उनले बताए । ‘नेपाली जनताले आशिर्वाद दिएर पुर्‍याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिएँ, आज अत्यन्त मर्माहत भएर यो कुरा भनिरहेको छ,’ गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले भने, ‘म मात्रै होइन, तीन करोड जनता मर्माहत भएका छन् । त्यो संस्थामा चोट पुगेको छ ।’

जनताको सर्वोच्च निकाय संसदबाटै समस्याहरूको छिनोफानो गरेर अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

यो विषयमा सर्वोच्च अदालतको ध्यान पुग्नुपर्ने उनले बताए । उनले भनेका छन्, ‘सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस्, ध्यान पुग्नै पर्छ भन्ने विनम्र आग्रह पनि छ ।’

शिक्षा क्षेत्रमा अतिव्यापारीकरण र दलीय प्रभाव बढेकोप्रति उनको चिन्ता थियो । शिक्षाको गुणस्तर सुधार्न राजनीतिक रोच र प्रतिबद्धताको अभाव भएको डा. यादवको भनाइ छ ।

गरिबी, पिछडिएका वर्ग, समुदाय, महिला, तेस्रो लिंगीलाई शिक्षाको अवसर प्रदान गर्न राज्य चुक्न नहुने उनको सुझाव छ । उनीहरूलाई पर्याप्त मात्रामा छात्रवृत्ति दिनुपर्नेमा डा. यादवको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४