Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद विघटनपछि हरिवंशको प्रतिक्रिया–‘नेताहरुलाई धिक्कार छ’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष ६ २०७७
  • 6.7K
    SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को बैठकबाट संसद विघटन गरेर मध्यावधी निर्वाचन गर्ने प्रस्ताव गरे । उनको यो प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले लागू गरिसकेकी छिन् । योसँगै नेपाली राजनीतिक बृत्तमा नयाँ तरंग देखिएको छ ।

प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै चर्को विरोध भैरहेको छ । नेपाली चलचित्रका कलाकारहरुले पनि प्रधानमन्त्री ओलीको कदमले देश अस्थिरतातर्फ प्रवेश गरेको उल्लेख गरेका छन् ।
संसद विघटनको खबर सार्वजनिक भएसँगै कलाकार दीपकराज गिरीले दुई तिहाइको सरकार पनि दुई तुहाई भो भनेर उल्लेख गरेका थिए । उनले, ५ बर्षे सरकार नदेखि मरिएला जस्तो छ भनेर सामाजिक संजालमा स्टाटस लेखेका थिए ।

नेताहरुलाई धिक्कार छः हरिवंश
हाँस्य कलाकार हरिवंश आचार्यले अनलाइनखबरसँग कुरा गर्दै नेताहरुलाई धिक्कारक छ भनेका छन् । उनले भने–‘यो कोरोना भाइरस भन्दा पनि खतरनाक भाइरस हो । यो देशका लागि दुर्भाग्यपूर्ण कदम भयो । यसमा यो नेता र त्यो नेता भन्ने नै छैन । सबै नेताहरु खराब ब्याक्टेरिया हुन् । जसले जनताको हितका लागि केही पनि सोचेनन् ।’

हरिवंशले निर्वाचनमा भोट नहाल्दा प्रजातान्त्रिक पद्धती नै विग्रने भन्दै तर भोट कसलाई हाल्ने भनेर चिन्ता व्यक्त गरे । उनले भने–‘सबै नेताहरु उस्तै छन् । भोट कसलाई हाल्ने ? यी नेताहरुको साटोमा अर्को तानाशाहा जन्माउनु भनेको देशका लागि झनै घातक हुनसक्छ । यसैले, प्रजातान्त्रिक पद्धती विश्वमै सबैभन्दा उत्तम हो । तर, नेता खराब पर्दा जनताले दुख पाए ।’

कहाँ छ देश प्रेमः करिश्मा मानन्धर
नायिका करिश्मा मानन्धरले पनि प्रधानमन्त्री ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रतिक्रिया दिदै कहाँ छ देश प्रेम भनेर उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘कठै नेपाली जनता आफूलाई सबै खाले ज्ञान हुँदाहुँदै पनि सत्ता मोहमा लिप्त भएर जुन हदमा पनि जान सक्नेहरुको तमासा हेरेर बस्न वाध्य छौ । यहाँ कहाँ छ देश प्रेम ? कहाँ छ जनताको भावनाको कदर ? कहाँ छ उनीहरु आफैले गरेको प्रतिवद्धता ?’

करिश्माले जनताको भावनाको कदर नभएको र नेताहरुले आफैले गरेको प्रतिवद्धता पुरा गर्न नसकेको प्रतिक्रिया दिएकी छिन् ।

नेपाली चलचित्रका कलाकारहरुले यो बिषयमा विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् । नायक रमेश उप्रेतीले नेपालमा अबको ३० बर्षसम्म जहानिया साशन लागू हुनुपर्ने उल्लेख गरेका छन् । दर्शकले दिएको म्यान्डेटलाई बहुमत प्राप्त सरकारले लत्ताएको भन्दै उनले ३० बर्ष जहानिया साशन लागू हुनुपर्ने भन्दै राजतन्त्रको आवश्यकता रहेको तर्फ संकेत गरेका छन् ।

यस्तै गायक प्रमोद खरेलले पनि ३६ लाख ६३ बनाउन खोजेर कहाँ हुन्छ त भनेर प्रश्न गरेका छन् । उनले गणतन्त्रमा पनि जनता दास भैराख्ने र आफ्नाले जे गरेपनि जयजय भनिराख्ने ओ भने यस्ता खालका तहस–नहस सहिरहनुको विकल्प नभएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४