काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरे लगत्तै थापाले जन न्युज नेपाल खबरलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘हाम्रो संविधानमा संसद विघटनको प्रावधान छैन’ थापाले भने, ‘संसदबाट सरकार गठन हुन नसकेको अवस्थामा संसद विघटन गर्ने अधिकार कसैलाई छैन ।’प्रधानमन्त्री ओलीले आइतबार बिहान संसद विघटन सिफारिस गर्न आकस्मिक बैठक बोलाएका थिए ।