Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा विवाद निर्णायक मोडतिर, आजको बैठकमा आउलान् ओली ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ५ २०७७
  • 5.2K
    SHARES

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने/नहुने यकिन नभएको उनको सचिवालय स्रोत बताउँछ ।

ओली नआएको खण्डमा बैठक अगाडि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको समूहले पनि ठोस मनस्थिति बनाइसकेका छैनन् ।
प्रधानमन्त्री ओलीले भने शीर्ष तहमा सहमति गरेर मात्र बैठक गर्न आग्रह गरिरहेका छन् । शनिबार प्रचण्डलाई भेट्न खुमलटार पुगेका ओलीले पनि दुवै नेताको आरोपत्रको बारेमा सहमति कायम गरेर मात्र बैठक राख्न आग्रह गरेका थिए ।

तर प्रचण्डले भने पार्टीमा जति विवाद छन्, सबै विषयमा स्थायी कमिटीले नै निर्णय लिने जवाफ दिएका थिए । शनिबार दाहाललाई भने ओलीले बैठकमा आफू नआउने जवाफ दिएका थिए ।

अब नेकपा बैठक विस्तारै निर्णायक चरणतर्फ प्रवेश गराउने दाहाल–नेपाल समूहको तयारी छ । अहिले संसद अधिवेशन नचलेका कारण अहिले नै कुनै कदम चाल्दा ओलीले त्यसको काउन्टरमा नयाँ अध्यादेश जारी गर्ने भएकाले दाहाल–नेपाल समूह संसदसम्म कुर्ने पक्षमा छन् ।

संवैधानिक प्रावधान अनुसार अबको दुई हप्तामा सरकारले जसरी पनि संसदको अधिवेशन बोलाउनुपर्ने हुन्छ । अधिवेशन बोलाएपछि प्रधानमन्त्री ओलीले पार्टी विभाजनसम्बन्धी तथा अन्य अध्यादेश ल्याउन पाउने छैनन् ।

अहिलेसम्म स्थायी समितिको बैठक लम्ब्याउने दाहाल र ओली समूहकै रणनीति थियो । अब विवाद निर्णायक मोडतिर गएको संकेत दाहालले केही दिन अगाडि प्रदेश नं. १ को भेलामा पनि दिएका थिए ।

निर्णायक कदमका लागि नै कार्यकर्तालाई मानसिक रुपमा तयार गराउन दाहाल–नेपाल समूहले कार्यकर्ता भेला गरिरहेका छन् । दाहाल–नेपाल समूहले निर्णायक कदमको तयारी गरिरहँदा ओलीले भने केही नयाँ प्रस्ताव अगाडि बढाएका छन् । यस अगाडिझैं उनले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

तर यो संवैधानिक रुपमा सहज विषय होइन । अहिले संसदमा नेकपामा दुई तिहाइ नभएका कारण संविधान संशोधन गरेर गौतमलाई प्रधानमन्त्री बन्ने अवस्था खोल्न सक्ने अवस्था छैन् ।

यति मात्र होइन, प्रधानमन्त्री ओलीको समूहमा अब एक पद छोड्नै पर्ने अवस्था आएको निष्कर्ष निस्कन थालेको छ । त्यस्तो अवस्थामा पार्टी अध्यक्ष वा प्रधानमन्त्री कुन पद छाड्ने भन्ने बहस जारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४