Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

छोरी बलात्कारको आरोपमा बाबु पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ३ २०७७
  • 4.4K
    SHARES

गुलरिया : आफ्नै छोरीलाई पटक–पटक यातना र धम्की दिइ जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ। पीडितले प्रहरीलाई दिएको सूचनाको आधारमा बर्दियाका ४० वर्षीय पुरुषलाई पक्राउ गरेको हो।

बिगत केही महिनादेखि भारतको बैङ्लोर लगी आफ्नै १८ वर्षे छोरीलाई एक्लै डेरामा राखी एक महिनासम्म पटक पटक यातना तथा धम्की दिइ जबरजस्ती करणी गरेको भन्ने पीडितको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए।

नेपाल फर्कने क्रममा मंसिर २४ गते बाँकेको नेपालगञ्ज न्यूरोडस्थित एक होटलमा राखी मंगलवार घर जानहुन्न अशुभ हुन्छ भोलि जाऔंला, होटलमै बस्नुपर्छ भनी फकाइ पुनः जबरजस्तीकरणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी बास्तोलाले जानकारी दिए। बर्दिया स्थित घरमा आएपछि पीडितले प्रहरीलाई खबर गरेकी थिइन्।

प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा रहेको टोलीले बर्दियाको मधुवन नगरपालिका-६ स्थित नेपाल भारत सीमा नजिकबाट भारततर्फ जाँदै गरेको अवस्थामा आरोपीलाई पक्राउ गरेको जनाइएको छ। छोरी बलात्कारको आरोपमा पक्राउ परेका बाबु उपर थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४