Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले फेरि बोलाए संवैधानिक परिषद्को बैठक, देउवा नजाने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २ २०७७
  • 3.2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने सहमति गरेकै भोलिपल्ट संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार मात्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यादेश फिर्ता लिने सहमति गरेका थिए । नेकपा स्थायी कमिटीले पनि अध्यादेश फिर्ताको निर्णय गरेको थियो । तर बिहीबारसम्म अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयबाट आएको छैन । प्रधानमन्त्री ओलीले बिहीबार नै संवैधानिक बैठक बोलाएका छन् ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई साँझ ५ बजे बैठकका लागि बोलाइएको उनी निकट स्रोतले बताएको छ ।  बैठक किन बोलाइएको भन्ने खुलेको छैन । यसअघि जस्तो औपचारिक पत्र पठाउनुको साटो टेलिफोनबाटै बैठकको सूचना दिइएको छ । तर कांग्रेस सभापति देउवा भने नजाने भएका उनीनिकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् । परिषदले विभिन्न संवैधानिक अंगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४