Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गौतमबुद्ध विमानस्थल सञ्चालन-व्यवस्थापनमा विदेशी साझेदार भित्र्याइने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १ २०७७
  • 5.6K
    SHARES

प्राधिकरणबाट १५१ दरवन्दी तय

काठमाडौं । भैरहवामा निर्माणको अन्तिम चरणमा रहेको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको संचालन-व्यवस्थापनमा विदेशी साझेदार भित्र्याइने भएको छ । उक्त प्रयोजनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले कागजी प्रक्रिया थालेको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार विमानस्थलमा लगानी गरिरहेको एसियाली विकास बैंकको सहयोगमा विदेशी साझेदार भित्राउने प्रक्रिया सुरु भएको छ । ‘डिसेम्बरभरिमा हामी कागजी प्रक्रिया सक्छौं,’ उनले  जन न्युज नेपाल  खबरसँग भने, ‘त्यसपछि अन्तराष्ट्रिय प्रस्ताव आहृवान गर्छौं ।’

अत्याधुनिक विमानस्थलको निर्माण भएका कारण संचालनमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनीलाई आहृवान गरी सञ्चालन-व्यवस्थापनमा साझेदारी गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

यसमा खासगरी नेपाल सरकारबाटै सञ्चालन हुनुपर्ने क्षेत्र र संवेदनशील क्षेत्रको जिम्मा प्राधिकरण आफैले लिनेछ । त्यसबाहेक बजारिकरण र व्यवस्थापनको जिम्मा विदेशमा एयरर्पोट संचालन गरिरहेका ख्यातिप्राप्त कम्पनीसँग साझेदारी गर्ने तयारी छ ।

‘विमानस्थल भोली आफै सक्षम हुनुपर्छ, उसले कमाउनु पर्छ र नेपाल सरकारलाई मुनाफा बाँड्नु पनि पर्छ,’ महानिर्देशक पोखरेलले भने, ‘त्यसकारण सञ्चालनका लागि विश्वमै ख्यातिप्राप्त कम्पनीहरुलाई आह्वान गर्छौं ।’

भौतिक संरचना निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि मात्र ३५ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । यसमध्ये ६ अर्बभन्दा माथि संरचना र अन्य रकम मुआब्जामा खर्च भएको हो ।

प्राधिकरणबाट १५१ कर्मचारी

नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको संचालनका लागि आफ्नोतर्फबाट १ सय ५१ जना कर्मचारी रहने गरी दरबन्दी तय गरेको छ । यसमध्ये  ३६ जनाको दरवन्दी अहिले आन्तरिक विमानस्थल सञ्चालनकै दौरान रहेको छ ।

त्यो जनशक्तिमा थप गरी दरवन्दी तय भएको छ । महानिर्देशक पोखरेलका अनुसार तय भएको दरवन्दीमा परिपूर्तिसमेत अहिले प्राधिकरणको आन्तरिक स्रोतबाटै गर्ने तयारी छ ।

अपुग स्थानमा मात्र कर्मचारी थप गरिने छ । ‘सकेसम्म प्राधिकरणको आन्तरिक दरवन्दीबाटै व्यवस्थापन गर्छौं,’उनले भने, ‘यसमा ३६ जना अहिले भैरहवा विमानस्थलको आन्तरिकतर्फको दरवन्दी प्रयोग हुन्छ ।’

तालिमको तयारी

यसैबीच जर्मनको म्यूनिख एयरर्पोटबाट संचालित एकेडेमीले गौतमबुद्ध विमानस्थलको संचालनका लागि १५ जना कर्मचारीलाई सञ्चालन-व्यवस्थापनसम्बन्धी तालिम दिने भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको नेपालस्थित जर्मन दूतावासले जानकारी दिएको छ ।

प्राधिकरणका महाप्रवन्धक पोखरेलका अनुसार यस्तो तालीम कार्यक्रम आगामी मे महिनामा संचालन हुने तयारी छ । यद्यपी यसको तालिका भने आइसकेको छैन ।

दूतावासले यो कार्यक्रमबाट गौतमबुद्ध विमानस्थलको सफल सञ्चालन, यसबाट नेपालको पर्यटन वृद्धिमा भूमिका खेल्ने अपेक्षा गरेको छ ।

ग्राउन्ड ह्यान्डिलिङ नेपाल एयरलाइन्सलाई

गौतमबुद्ध विमानस्थलको ग्राउण्ड हृयाण्डिलिङको जिम्मा भने नेपाल एयरलाइन्सले पाएको छ ।

नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको व्यापारिक भूमिस्थ प्रवन्ध सेवा गर्ने अनुमति प्राप्त गरेको हो ।

प्राधिकरणको १७ मंसिरको निर्णले दुबै विमानस्थमा कमर्शियल ग्राउण्ड हृयान्डलिङ सेवाको अनुमति नेपाल एयरलाइन्सले पाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४