Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

५५५५ जनाको परीक्षण गर्दा ७३६ जनामा कोरोना भाइरस संक्रमण !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १ २०७७
  • 4K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५५५ जनाको परीक्षणमा ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ रहेको छ । हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ९७५७ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २९४, ललितपुरमा ७७, कास्कीमा ४५, रुपन्देही र अछाममा २५/२५, बाँकेमा २२, भक्तपुरमा २०, सुनसरीमा १९, मोरङमा १४, नुवाकोट र चितवनमा १६/१६, गोरखामा १४, मकवानपुरमा १३ र झापामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पर्सामा ९, काभ्रे र पाल्पामा ८/८, धादिङ र तनहुँमा ७/७, धनुषा, लमजुङ र प्युठानमा ६/६, स्याङ्जा, अर्घाखाँची, गुल्मी र दाङमा ५/५, ओखलढुंगा, बाग्लुङ र बर्दियामा ४/४, बारा, दोलखा र रसुवामा ३/३ जना संक्रमित भएका छन् ।

बारा, सर्लाही, सिन्धुपाल्चोक, पर्वत, कपिलवस्तु, नवलपरासी, रोल्पा र सुर्खेतमा २/२ र इलाम, उदयपुर, पाँचथर, भोजपुर, संखुवासभा, महोत्तरी, रामेछाप, नवलपरासी पूर्व, रुकुम पूर्व, कैलाली र डडेल्धुरामा १/१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४