Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत, स्थायी कमिटी बैठकमा सहभागी !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १ २०७७
  • 5.1K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । यो सहमतिसँगै बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ र, बैठकमा अध्यक्ष ओली पनि सहभागी छन् ।

सरकारले मंगलबार मात्र अध्यक्षसहित तीन जनाकै उपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो ।

तर नेकपा अध्यक्ष प्रचण्डसहित सचिवालयको बहुमत सदस्यले त्यसको विरोध गरे । र, अध्यादेश फिर्ता लिन माग गरे । बुधबार स्थायी कमिटीमा छलफल गरेर अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन दिने नेताहरुको तयारी थियो । प्रधानमन्त्रीले बैठकमा आउन अस्वीकार गरे ।

लगतै प्रचण्ड-नेपाल पक्षका नेताहरु अध्यादेशबारे छलफलका लागि विशेष अधिवेशनको समावेदन बोलेर राष्ट्रपति कार्यालय पुगेपछि प्रधाननमन्त्री ओली अप्ठ्यारोमा परे । उनले अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर शीतल निवास पुगेका नेताहरुलाई फिर्ता बोलाउन आग्रह गरे ।

जवाफमा प्रचण्डले अध्यादेश पहिले फिर्ता लिनुपर्ने अडान लिए । दुवै नेता आ-आफ्नो अडानमा बसेपछि दुबै पक्षका नेताहरुको पहलमा दुई अध्यक्षबीच बालुवाटारमा वार्ता सुरु भयो । स्थायी कमिटी सदस्यत्रय सुवास नेम्वाङ, शंकर पोखरेल, घनश्याम भुसालको पहलमा भएको अध्यक्षद्धयको वार्तामा केही समयपछि महासचिव विष्णु पौडेल समेत सहभागी भएका थिए ।

छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएको छलफलमा सहभागी एक नेताले जन न्युज नेपाल खवरलाई जानकारी दिए । प्रधानमन्त्री अध्यादेश फिर्ता लिने सहमति जनाएका कारण संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति जुटेको स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४