Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कैलालीका पहिरो पिडीतको बिचल्ली, पुसको जाडोमा जंगलको बास


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १ २०७७
  • 3.5K
    SHARES

कैलाली । गत असारमा पहिरोले घर भत्काएपछि घरबिहीन बनेका कैलालीको चुरे गाउँपालिकाका २ सय ११ परिवार अहिले बिचल्लीमा परेका छन् घर भत्के लगत्तै विद्यालयमा बस्दै आएका पहिरो पीडितहरु विद्यालय सञ्चालनमा आएसँगै जंगलमा पुगेका छन् ।

घर भत्के लगत्तै विद्यालयमा बस्दै आएका उनीहरु विद्यालय सञ्चालनमा आएसँगै ओत विहीन बनेका हुन् ।केही समयका लागि विद्यालयमा बस्ने ब्यवस्था गरेको गाउँपालिकाले उनीहरुका लागि बसोबासको उचित ब्यवस्था गर्न सकेको छैन ।

वर्षातको समय विद्यालयको चौरमा बिताएका पहिरो पीडित पुष महिनाको जाडोमा जंगलमा पुगेका छन् ।गाउँपालिकाले पहिरो पीडितका लागि वडा नम्बर ४ को टाँकगडामा बासस्थानको ब्यवस्था मिलाउने निर्णय गरेको थियो ।

गाउँपालिकाको निर्णय अनुसार पीडित परिवार टाँकगडामा बसोबासका लागि गए पनि ।तर, पहिरो पीडित आएको जानकारी पाउनासाथ स्थानीयले बिरोध गरेपछि पीडितको बिचल्ली भएको छ ।

बिस्थापितहरु बसेको ठाउँ सामुदायिक वन भएकाले आफूहरुले सो स्थानमा पीडितलाई बस्न नदिने स्थानीयको भनाई छ ।गाउँपालिकाले पीडितको बैकल्पिक ब्यवस्था गरेर अन्यत्र स्थानान्तरण गर्नुपर्ने सामुदायिक वनका पदाधिकारीको माग छ ।

गाउँपालिकाको निर्णय अनुसार टाँकगडामा गएका पहिरो पीडित परिवारलाई स्थानीयको विरोधले समस्यामा पारेको छ ।समस्या समाधानमा लाग्नु पर्ने गाउँपालिका पनि अहिले आएर आफ्नो निर्णयबाट पछाडि हटेको छ ।

सो स्थानमा पठाउने निर्णय आफूहरुले नगरेको र विस्थापितको व्यवस्थापनका लागि पहल भैरहेको चुरे गाउँपालिकाकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४