रामेछाप सदरमुकाम मन्थलीमा आज नेपाली कांग्रेसले सरकारका विरुद्धमा बिशाल जुलुस तथा कोण सभा गरेको छ । आज देश ब्यापी रुपमा भएको सरकार विरोधी प्रर्दशनको पुर्वसन्ध्यामा हिजो आइतबार पनि मन्थलीमा कांग्रेसले सिटी जुलुस गरेको हो ।
मन्थलीको विपी चोकबाट सुरु भएको जुलुस् मन्थली बजार परिक्रमा गरी देवकोटाचोकमा कोणसभामा परिनत् भएको जानकारी युवा नेता रत्नहरि ढुंगेलले जन न्युज नेपाल खवरलाइ जानकारी गराउनु भएको थियो ।
कोणसभालाई सम्वोधन गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति लवश्री न्यौपाने लगाएतका नेताहरुले कम्युनिष्ट सरकारले जनतामाथि खेलवाड गरेकाले जनताको समस्याबाट सरकार भागेको र कांग्रेसलाई सिध्याउने खेलमा लागेको हुनाले हामी त्यो सरकार सिध्याउनको लागि कांग्रेस जागेको बताएका छन् ।
कांग्रेसले आज (सोमबार) बिहान ठिक ११ बजे देखि देश ब्यापी पर्दशनमा सहभागी हुन सचेत जनताहरु बिद्द्वन बुद्दिजिबि कर्मचारी बिद्ध्याथी पत्रकारको समेत बाक्लो उपस्थिति रहेको छ । सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गरेकाले आफुहरु सडकमा उत्रन लागेको कांग्रेसले जनाएको छ ।
अब सडकदेखि सदनसम्म सरकारमाथि दबाब बढाउने तयारी स्वरुप कांग्रेसले आज सोमबार देशभर विरोध प्रर्दशन गरिरहेको छ । भने सरकारले यस्तै दमनकारी नीति लिएमा हिजो राणा राजा जस्तै गरेर अहिलेको दुइ तिहाईको कम्युनिष्ट सरकार बिलाएर जाने स्थिति पनि आउने छ । कांग्रेसका नेताहरुले बताएका छन।
https://youtu.be/_zh0HvO5e5c